Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

नीता र प्रज्वलको एक्सनयुक्त ‘सोच’ टीजर

फिल्मीखबर, काठमाण्डौ, 2019/07/21
 
एक्सन भूमिकामा रुचाइएका अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘सोच’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजर एक्सनयुक्त छ । नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले फिल्म एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ । 
 
भाद्र २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्ममा पूजन सिंह, विशाल पहारी, सोनिका बाँस्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्वन्द्व छ । 
 
रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी रहेको फिल्मलाई बिदुर पाण्डेले खिचेको हुन् । भने, कथा निर्देशक पुजनकै हो । पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउँछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ । 
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)