सपनासँग जोडिएको जिन्दगीको कथामा फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । अशिन पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । भदौ दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म काठमाडौंमा र पोखरामा खिचिनेछ ।
.jpg)
फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा सौरभ कार्कीले तयार पारेका हुन् । उनलाई निर्देशक पौडेलले सघाएका छन् । विष्णु घिमिरे ‘कल्पित’ ले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’ लाई केशव रानाले सम्पादन गर्नेछन् ।
फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहनेछ । यो फिल्मबाट मोहन जैशीले डेब्यू गर्दैछन् । निर्देशक पौडेलका अनुसार, फिल्मका लागि एक अभिनेत्रीको खोजी भइरहेको छ । उनले केही दिनमा लिड अभिनेत्रीको टुंगो लाग्ने बताए ।
.jpg)
निर्देशक पौडेलले पहिलो पटक फिचर फिल्म निर्देशन गर्न लागेका हुन् । उनी ‘आधा सुर’ लाई स्तरिय बनाउने सवालमा कुनै कसर बाँकी नछाड्ने बताउँछन् । कलाकार मध्येका एक प्रविणले फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको बताए । त्यस्तै, अभिनेत्री सरिताले फिल्ममा आफ्नो भूमिका दर्शकलाई मनपर्ने बताइन् ।

