फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुंगठित शरीरका धनी अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको संयुक्त गायन छ ।
(1).jpg)
.jpg)
सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता सुशील र अभिनेत्री रुविना फिचर्ड छन् । गीतको भावअनुरुप भिडियो निर्माण भएको छैन । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी कमजोर छ । तर, सञ्जय लामाको छायांकन र लोकेशनले आँखालाई शितलता प्रदान गर्छ । गीतको भिडियो मेकिङ गजबको छ । संगीतकार पोखरेलले गीतको भिडियो राम्रो बनेकोमा खुसी व्यक्त गरे ।
सौरभ चौधरीले यो फिल्मको निर्देशन गरेका हुन् । उनले फिल्मलाई राम्रो बनाउन आफूले कुनै कसर बाँकी नराखेको बताएका छन् । फिल्मको नामको अर्थ बुझाउँदै उनी भन्छन्, ‘प्रेममा रहँदा विताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ । फिल्ममा पनि सुशील र रुविनाको अविस्मरणीय प्रेमलाई देखाइएको छ ।’ उनले फिल्मबाट आफू निकै आशावादी रहेको बताए ।
यो फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । नायक सुशील श्रेष्ठले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताए । उनले यो फिल्मका लागि दाह्री र कपाल निकै लामो बनाएका छन् । उनी आफ्ना अघिल्ला दुई फिल्मले राम्रो नतिजा हात नपारे पनि यो फिल्ममाथि ठूलो अपेक्षा रहेको बताउँछन् ।
.jpg)
.jpg)
उक्त फिल्म आउँदो असोज ३ मा रिलिज हुँदैछ । यो मितिमा सोमबारमात्र सुपरहिट फिल्मको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने निश्चत भएको छ । हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएपछि यो मितिमा ‘लभ डायरीज’ मात्र थियो । ‘कबड्डी’ को तेस्रो रिलिज भिड्न आएपछि अब यो फिल्म सर्ने चर्चा छ । तर, निर्देशक चौधरीले दशवटा फिल्म भिड्न आए पनि फिल्म नसर्ने ठोकुवा गरे ।
गीत हेर्नुहोस् :-

