Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केजीएफ २’ मा सञ्जयको डरलाग्दो लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/07/29
 
कन्नड एक्टर यश स्टारर ‘केजीएफ च्याप्टर १’ फिल्मलाई साउथमा मात्र नभएर संसारभर निकै रुचाइएको थियो । ८० करोडमा निर्माण भएको फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । फिल्मका लेखक तथा निर्देशक प्रशान्त नील हुन् । यसको दोस्रो च्याप्टरको छायांकन सुरु भइसकेको छ । फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । सम्भवतः यो फिल्म अर्को वर्षको मध्यरतिर प्रदर्शनमा आउनेछ । 
 
यसबीच, ‘केजीएफ च्याप्टर २’ मा बलिउड सुपरस्टार सञ्जय दत्तको प्रवेश भएको छ । फिल्म समीक्षक तरण आदर्शले एक ट्वीट गर्दै यसको जानकारी दिएका छन् । फिल्ममा सञ्जयले ‘अधीरा’ नामक चरित्र निभाउने छन्, जुन यो फिल्मको प्रमुख भिलेन हो । आइतबार उनले मुठी बाँधेको र औंठी लगाएको एक पोस्टर सार्वजनिक भएको थियो । सोमबार उनको क्यारेक्टर पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ । 
 
पोस्टरमा सञ्जयको लुक्स निकै डरलाग्दो छ । गलबन्दीले आधा अनुहार छोपेका छन् । भने, उनको आँखामा रिस देख्न सकिन्छ । फिल्ममा उनी खतरनाक भिलेनको भूमिकामा प्रस्तुत हुने लागेको पोस्टरले नै प्रस्ट्याउँछ । यो पीरियड ड्रामा ७० को दशकको कार्यकालमा आधारित छ । ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन् । अघिल्लो पार्टमा पनि उनको प्रमुख भूमिका थियो । 
 
पहिलो पटक स्क्रिन साझेदार गर्न लागेका यश र सञ्जयलाई एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । सञ्जयको प्रवेशसँगै दर्शकमा फिल्मप्रति अझ चासो बढेको छ । निर्माण पनि सम्पन्न नहुँदै यो फिल्मलाई 'स्योर सट' हिट मानिएको छ । ‘केजीएफ’ ले रातारात स्टार भएका यशले हालै आईएएनएसलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘पहिलो भागपछि दोस्रो भागको अपेक्षा दर्शकमा धेरै छ । त्यसलाई निराश परिणत हुन दिँदैनौं ।’ 
Most Visited News (monthly)