Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साइनो’ सहित तीन फिल्म हलमा

फिल्मीखबर, काठमाण्डौ, 2019/08/09
 
गएको जेठदेखि कुनै नेपाली फिल्मले आशातित व्यापार गर्न नसकिरहेको अवस्थामा शुक्रबारबाट सिंगल थिएटर लक्षित तीन फिल्म प्रदर्शनमा आएका छन् । रमेश थापा निर्देशित फिल्म ‘साइनो’, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारीको निर्देशन रहेको फिल्म ‘काँचुली’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । 
 
तीन फिल्मध्ये ‘साइनो’ ले प्रचारमा मोटो रकम खर्च गरेको छ । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेका कारण यो फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ । 
 
त्रिकोणात्मक प्रेकथा वाचन गर्ने फिल्मलाई अभिमन्यु निरबीले लेखेका हुन् । फिल्ममा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । ‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । नेपाली फिल्मकी प्रथम नायिकाले निर्माण गरेका कारण यो फिल्ममाथि सबैको आश छ । 
 
त्यस्तै, फिल्म ‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । भने, ‘काँचुली’ मा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे प्रमुख भूमिकामा छिन् । यी दुबै फिल्म बिना प्रचार प्रदर्शनमा उत्रिएका हुन् । 
Most Visited News (monthly)