Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अंकितले किन छाडेका थिए ‘होस्टेल’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/09
 
अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीले डेब्यू गरेको फिल्म हो ‘होस्टेल’ । यो फिल्मबाट अभिनेता द्वय सलोन बस्नेत र गौरव पहारीले पनि एकसाथ डेब्यू गरेका थिए । सुनिल रावल निर्मित तथा हेमराज वसी निर्देशित यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । साथै, अनमोल रातारात ‘स्टार’ भएका थए । यो फिल्मपछि उनले करिअर फर्किएर हेर्नु परेको छैन । अहिलेका ठूला स्टारडम भएका अभिनेता हुन्, उनी । 
 
तर, ‘होस्टेल’ का लागि अभिनेता अनमोल केसी पहिलो रोजाई भने थिएनन् । निर्माता रावलले उनले निभाएको भूमिकामा निर्देशक अशोक शर्माका छोरा अंकितलाई अनुबन्ध गरेका थिए, जसले यस वर्षको दशैंमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रातो टीका निधारमा’ बाट डेब्यू गर्दैछन् । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । यसमा अंकितको अपोजिटमा अभिनेत्रीमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाह छिन् । 
 
अंकितले अध्ययनका कारण फिल्म ‘होस्टेल’ साइन गरेर पनि छाडेका थिए । बुधबार फिल्म ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा निर्देशक शर्माले ‘होस्टेल’ नाम उच्चारण नगरे पनि यूनिभर्सिटीबाट एडमिशनको अप्रुभल आएपछि फिल्म छाड्नु परेको बताए । स्कूलमा अध्ययन गर्दा अंकितलाई अभिनयमा इच्छा भएता पनि कलेज पढ्न थालेपछि फिल्म मेकिङमा चासो दिन थालेको उनी बताउँछन् । 
 
निर्देशक शर्मा भन्छन्, ‘अंकितले फिल्म मेकिङमा इन्ट्रेस्ट देखाएपछि मैले फिल्म ‘जय भोले’ मा असिस्टेन्टको रुपमा राखेको थिएँ । यो फिल्ममा काम गरेपछि ऊ फिल्म इन्डस्ट्रीसँग घुलमिल भयो । त्यसपछि उसले अभिनयमा इच्छा देखाएको हो । म पनि पहिलादेखि छोरा अभिनयमै आओस् भन्ने चाहन्थेँ । उसलाई पूर्व तयारी गराएर मात्र ‘रातो टीका निधारमा’ बाट डेब्यू गराएको हुँ ।’ उनी छोराको काम दर्शकलाई मनपर्नेमा विश्वस्त छन् ।
Most Visited News (monthly)