Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रातो टीका निधारमा’ गीतः अंकितको प्रेम महशुस गर्दै साम्राज्ञी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/08
भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मेरो माया के हो ?’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाह फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । बसन्त श्रेष्ठ गीतको भिडियोका कोरियोग्राफर हुन् । 
 
 
 
निशान भट्टराई र अस्मिता अधिकारीको संयुक्त गायन रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको शब्द रवि मल्लले सिर्जेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको गीतको अडियो औसत छ । भने, भिडियो निकै कमजोर छ । मोर्डन फ्लेभरको गीतमा कोरियोग्राफर श्रेष्ठले ९० को दशकको ‘डान्स स्टेप’ उतारेका छन्, जुन असुहाउँदो छ । अंकितको पनि लिप्स मुभमेन्ट, फेसियल एक्सप्रेसन र हाउभाउ गीतअनुसार हुन सकेको छैन ।
 
यद्यपि, साम्राज्ञी र अंकितको केमेस्ट्री सुहाएको छ । यस वर्षको दशैंमा प्रदर्शन हुने फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । 
 
निर्देशक शर्माले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै प्रयास बाँकी नराखेको बताए । यो फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका अंकित उनकै छोरा हुन् । अंकितले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गर्ने प्रयत्न गरेको बताए । यसअघि उनले फिल्म ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका थिए । अभिनेत्री साम्राज्ञीले फिल्ममा फरक भूमिका निभाउन पाएकोमा खुसी व्यक्त गरिन् । 
 
 
 
 
 फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ । कार्यक्रममा कलाकार राजारामले अंकितको प्रशंसा गर्दै भविष्य सुन्दर रहेको बताए । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)