
केही दिनयता ‘प्रेमगीत ३’ को चर्चाले फिल्मवृत राम्रै तातेको छ । सफल फिल्मको तेस्रो सिरिज भएका कारण दर्शकमा फिल्मको प्रतिक्षा व्यग्र छ । तेस्रो पटक अभिनेता प्रदीप खड्का ‘प्रेम’ को भूमिकामा प्रस्तुत हुँदैछन् । उनको दाईको भूमिका नव-अभिनेता मनिष राउतले निर्वाहा गर्दैछन् । पुराना एक्सन स्टार शिव श्रेष्ठले पिताको भूमिका निभाउँदैछन् । उनको राजाको भूमिका छ ।

शुक्रबार (असार १३) बाट प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ टिमले शुक्रबार नेपाली फिल्मको दुई ठूलो बजार पोखरा र नारायणघाटमा पत्रकारसँग भेटघाट गरेको छ । नारायणघाटमा पत्रकारसँग अन्तरक्रिया गर्दै निर्देशक अनमोल गुरुङले फिल्म नेपालसँगै भारतका मुख्य शहरमा समेत रिलिज हुने जानकारी दिए । भारतको २५ हलमा फिल्म प्रदर्शन हुने उनको भनाई छ ।

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । करीब २ वर्षदेखि उनीहरु एकअर्काको प्रेममा रमाइरहेका छन् । बजारमा प्रेम चर्चा चल्न सुरु भए लगत्तै दुईले यो कुरा स्वीकार गरेका थिए । यसपछि उनीहरु न मिडियादेखि लुकेर हिँडे न त सामाजिक सञ्जालमा प्रेमिल तश्विर पोस्ट्याउन नै । केही समयदेखि सौगात र सृष्टि लिभिङ टूगेदरमा रहेको चर्चा छ ।

बलिउड सुपरस्टार शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा पहिलो दिन बम्पर ओपनिङ गरेको छ । फिल्मलाई दर्शक र समीक्षकबाट सानदार रेस्पोन्स मिलेको छ । यो फिल्मले शाहिदको अहिलेसम्मकै सबै फिल्मको ओपनिङ रेकर्ड समेत तोडेको छ । पहिलो दिन नै भारतमा फिल्मले २० करोड २१ लाख छापेको छ ।

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले तेस्रो पटक सहकार्य गरेको फिल्म 'पोइ पर्यो काले' को छायांकन पूरा भएको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याकअप भएको निर्देशक शिशिर राणाले जानकारी दिए । आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म रिलिज हुँदैछ । 'रियल जोडी' सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि यसमा अभिनय छ ।

अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीका लागि हेमराज विसी लक्की निर्देशक हुन् । उनले फिल्म 'होस्टेल' मा हेमराजको एक्सन-कटमा काम गरे । फिल्म सुपरहिट भयो । दोस्रो पटक फिल्म 'गाजलु' मा सहकार्य भयो । यो फिल्मले पनि निर्माताको लगानी उठायो । अनमोललाई ‘स्टार’ बनाउनुको श्रेय हेमराजलाई दिने गरिन्छ । तर, अहिले दुईको सम्बन्ध ३६ को आँकडामा रहेको चर्चा छ ।

