Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9703 - 9708 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-24, सोमवार

गएको बैशाख २० गतेबाट प्रदर्शन सुरु गरेको सुदन केसी निर्देशित फिल्म ‘दाल भात तरकारी’ ले शनिबार राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमामा प्रदर्शनको ५१ दिन मनाएको अवसरमा निर्माण टिमले प्राविधिकलाई बोनस र प्रमाण पत्र प्रदान गरेको छ । आइतबार राजधानीमा फिल्मको ५१ दिने सेलिब्रेशन कार्यक्रम आयोजना गरिएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-24, सोमवार

शनिबार राजधानीका तीन सिंगल थिएटरमा प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘दाल भात तरकारी’ बाट अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मालाई न हर्ष हुने ठाउँ छ न त विस्मात नै । हर्षित हौं, अभिनयको दर्शक/समीक्षक कसैले प्रशंसा गरेनन् । आलोचना मात्र भयो । विस्मात हौं, फिल्म बक्सअफिसमा सफल भयो । यद्यपि, देखावटी रुपमा भने दुई खुसी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-24, सोमवार

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को ‘कुन मायाको साइनो’ बोलको गीतमाथि टिकटक आह्वान गरिएको छ । आइतबार सार्वजनिक भएको यस लिरिकल गीतमा एलिश कार्कीको संगीत सुन्न सकिन्छ भने प्रताप दास र जीना रसाइलीको स्वर छ । राजेशकुमार श्रेष्ठले गीतको शब्द लेखेका हुन् । कोरियोग्राफी रामजी लामिछानेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-23, आईतवार

असार २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको थिम प्रस्ट्याउने गीतमा सुयोग सोताङ्गको संगीत रहेको छ । भने, रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । गीतले फिल्मका लिड अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेम भाव बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2019-06-23, आईतवार

छोटो समयमै फिल्मको छायांकन सक्ने निर्देशक हुन्- अशोक शर्मा । उनले आजसम्म कुनै फिल्मको छायांकन महिना दिनभन्दा धेरै गरेको रेकर्ड छैन । उनी निर्धारित समयमा नै फिल्म प्याकअप गर्छन् । १२ वर्षपछि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ बाट निर्देशनमा कमब्याक गरेका उनले शुक्रबार नयाँ फिल्म ‘रातो टिका निधारमा’ को २९ दिनमै छायांकन भ्याएका छन् । 

एजेन्सी, मुम्बई, 2019-06-23, आईतवार

सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्शाल्लाह’ मा सलमान खान र आलिया भट्टको रोमान्टिक जोडीको खबरले निकै हलचल मच्चिएको छ । यसबीच, यस फिल्मको स्टोरी र प्लटलाई लिएर पनि पर्दा उठेको छ । यो मोस्ट अवेटेड फिल्मलाई लिएर रोचक जानकारी बाहिर आएको छ । सलमान र आलिया स्टारर उक्त फिल्म ९० को दशकको एक सुपरहिट फिल्ममाथि बेस्ड हुनेछ । 

Results : 9703 - 9708 of 24024
Most Visited News (monthly)