Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरले मागे महेशसँग आलियाको हात ?

एजेन्सी, मुम्बई, 2019/08/13
 
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेम चर्चाका कारण लामो समयदेखि मिडियाको लाइमलाइटमा छन् । अब चाँडै उनीहरु बैबाहिक जीवनमा बाँधिन सक्नेछन् । पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि दुईले प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा रहेको भारतीय मिडियाले बताएका छन् । यही फिल्मको सेटबाट उनीहरु एकअर्कासँग नजिक भएका थिए । 
 
मुम्बई मिररको एक रिपोर्टमा रणबीरले अलियाको पिता महेश भट्टसँग विवाहको बारेमा कुरा गरेको उल्लेख गरेको छ । ‘रणबीर कपूरले आलियाका पिता महेश भट्टसँग भेट गररेका छन् र उनले आधिकारिक रुपमा आलियाको हात मागेका छन् । त्यसबेला महेश निकै भावुक भएका थिए । उनले विवाहका लागि स्विकृति दिएका छन्’, मुम्बई मिररले रिपोर्टमा भनेको छ । 
 
केही दिन अगाडि आलिया मुम्बईमा डिजाइनर सब्यसाची मुखर्जीको स्टोरको बाहिर देखिएकी थिइन् । त्यसपछि उनले विवाहका लागि लहेंगा अर्डर गरेको  खबर बाहिर आएको थियो । प्राप्त जानकारी अनुसार, रणबीर कपूरका पिता ऋषि कपूर भारत फर्किएपछि दुईको विवाहको तयारी सुरु हुनेछ । ऋषि लगभग एक वर्षदेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेका छन् । 
 
आलिया र रणबीरले गएको वर्षदेखि एकअर्कालाई डेट गन थालेका हुन् । दुईलाई हाथमा हात राखेर हिँडेको अवस्थामा मिडियाले कयौं पटक भेटेको थियो । दुईले यस वर्ष आफ्नो सम्बन्धको खुलासा गरेका थिए । आलिया प्रायः रणवीरको फेमिलीसँग देखिने गरेकी छन् । उनलाई कपूर फेमिलीका हरेक सदस्य मन परेको छ । रणवीरको परिवार पनि आलियालाई बुहारी बनाउन तयार छ । 
Most Visited News (monthly)