Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रिलिज अगावै ‘साहो’ को कमाई ३ सय २० करोड

फिल्मीखबर, काठमाण्डौ, 2019/08/14
 
साउथ सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ लाई लिएर दर्शकमा जबरजस्त क्रेज छ । ३० अगष्टमा यो फिल्म प्रदर्शनमा आउँदैछ । फिल्मको भिएफएक्स, स्टन्ट सिन, फाइट सिक्वेन्स गजब छ । एक्सनले भरिएको फिल्मको बजेट ३ सय ५० करोड बताइएको छ । प्राप्त जानकारी अनुसार, यो फिल्मले रिलिज अगावै लगभग लगानी सुरक्षित गरिसकेको छ । 
 
‘साहो’ ले प्रदर्शन अगावै ३ सय २० करोड कमाइसकेको भारतीय मिडियाले बताएका छन् । मेकर्सले फिल्मको थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री गरेका छन् । अझै यो फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी छ । निर्माताले फिल्मको एक्सन सिन र भिएफएक्समा कुनै सम्झौैता गरेका छैनन् । 
 
अहिले प्रभास र श्रद्धा फिल्मको प्रचारमा व्यस्त छन् । फिल्मका लागि प्रभासले सय करोडको आसपासमा पारिश्रमिक बुझेको चर्चा छ । तर, हालै उनले अन्तर्वार्ताको क्रममा यसको खण्डन गरेका थिए । आईम्याक्स फर्म्याटमा पनि यो फिल्म रिलिज गरिँँदैछ । सुजीतको निर्देशनमा बनेको यस फिल्मको ट्रेलर र गीतसंगीत दर्शकलाई निकै मन परेको छ । 
 
मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको पनि फिल्ममा प्रमुख भूमिका छ । ‘साहो’ मा पहिलो पटक प्रभास-श्रद्धा कपूरको जोडी बाँधिएको छ । श्रद्धाको यो पहिलो साउथ फिल्म हो । यसलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिँदैछ । फिल्ममा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन् । यो फिल्म एक स्पाय थ्रिलर हो । 
Most Visited News (monthly)