Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सनपूर्ण नीता र प्रज्वलको ‘सोच’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/15
 
भाद्र २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘सोच’ को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाको प्रेममा आउने उचारचढाव देखाइएको छ । नव-नायक पुजन सिंहको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । 
 
फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । फिल्ममा कृष्ण आचार्यको पटकथा तथा संवाद छ । 
 
एनवी महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय छ । फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउँछन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)