Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9697 - 9702 of 24024
एजेन्सी, मुम्बई, 2019-06-25, मंगलवार

बलिउडका लभ बर्ड्स टाइगर श्राफ र दिशा पटानीले फिल्म 'बागी २' मा सहकार्य गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट भएसँगै बजारमा दुईको प्रेम चर्चा सुरु भयो । उनीहरुले आफूहरु बीच प्रेम सम्बन्ध नभएर साथीको सम्बन्ध रहेको पटक पटक स्पष्टिकरण दिए । तर, न दर्शक न त मिडियाले यो विश्वास गरे । दुईको लभ स्टोरीको चर्चा हुन कहिल्यै कम भएन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-25, मंगलवार

गएको ३ वर्ष अगाडि प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट २’ बाट फिल्म करिअर सुरु गरेका चकलेटी ब्वाई आयुष्मान देशराज जोशीलाई मन पराउने र नरुचाउने दुबैथरी दर्शक छन् । अभिनेत्री प्रियंका कार्कीसँग अफेयरमा रहेपछि उनलाई नरुचाउने दर्शक अझ बढेका छन् । विशेषगरि युवतीहरु । उनलाई पिटिक्कै मन नपराउने दर्शकले ‘चुसेको आँप’ भन्ने गर्दछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-25, मंगलवार

सोमबार साँझ बालुवाटारबाट आफू निर्देशित तथा अभिनीत फिल्म ‘मालिका’ का निर्माता तथा लेखक नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेपछि अभिनेत्री रेखा थापाले सरकारप्रति आक्रोश पोखेकी छन् । उनले राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखेको फेसबुकमा लेखेकी छन् । कार्की प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-24, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2019-06-24, सोमवार

आउँदो साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को लोक फ्लेवरको पहिलो गीत सार्वजनिक भएको छ । ‘पूर्वै चल्न्या रेल...’ बोलको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् । भने, राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् ।

एजेन्सी, मुम्बई, 2019-06-24, सोमवार

अभिनेता अनुपम खेरले सन् १९८७ मा आएको शेखर कपूर द्वारा निर्देशित फिल्म 'मिस्टर इन्डिया' मा ‘मोग्याम्बो’ को भूमिकामा आफू पहिलो रोजाइ रहेको बताएका छन् । शनिबार दिवंगत अभिनेता अमरीश पुरीको ८७ औं जन्मदिनको अवसरमा अनुमपले उनी आफ्नो सबैभन्दा मिल्ने साथी रहेको बताए । उनी अमरीशलाई उत्कृष्ट अभिनेता भन्छन् । 

Results : 9697 - 9702 of 24024
Most Visited News (monthly)