Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिशन मंगल’ : अक्षयको करिअरको ठूलो ओपनर

एजेन्सी, मुम्बई, 2019/08/16
भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धनको दिन प्रदर्शनमा आएको अक्षय कुमार, विद्या बालन, तापसी पन्नी र सोनाक्षी सिन्हा अभिनीत फिल्म ‘मिशन मंगल’ बक्सअफिसमा ट्रेड एनालिस्टको अनुमानभन्दा खरो उत्रिएका छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै २९ करोड १६ लाख कमाउँदै बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन २३ देखि २५ करोड कमाउने अनुमान गरिएको छ । 
 
यो कमाईसँगै ‘मिशन मंगल’ अक्षय कुमारको करिअरको सबैभन्दा ठूलो ओनपर फिल्म बनेको छ । पहिलो दिन ओपनिङको मामिलामा यो फिल्म वर्षको दोस्रो सबैभन्दा ठूलो फिल्म पनि बन्न सफल भएको छ । पहिलो नम्बरमा सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ छ, जसले पहिलो दिन नै ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो नम्बरमा ‘कलंक’ २१.६० लाई उछिन्दै ‘मिशन मंगल’ आएको छ । 
 
 
गएको वर्ष स्वतन्त्रता दिवसको मौका अक्षयले फिल्म ‘गोल्ड’ लिएर आएका थिए । यसले पहिलो दिन २५ करोड २५ लाखको व्यापार गरेको थियो । यस वर्षको सुरुवातमा प्रदर्शनमा आएको उनको अर्को फिल्म ‘केसरी’ ले २१ करोड ५० लाखको ओपनिङ गरेको थियो । पछिल्लो केही वर्षदेखि अक्षयको फिल्म स्वतन्त्रता दिवसमा प्रदर्शनमा आउने गरेको छ र बक्सअफिसमा गजबको पैसा छाप्ने गरेका छन् । 
 
‘मिशन मंगल’ का निर्देशक जगन शक्‍त‍ि हुन् । फिल्ममा कीर्ति कुल्‍हारी, नित्‍या मेनन र शरमन जोशीको पनि प्रमुख भूमिका छ । यो फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । अक्षय कुमार र विद्या बालनको अभिनयको सर्वत्र तारिफ भइरहेको छ । फिल्मको गीत, एडिटिङ, सिनेमाटोग्राफी र ग्राफिक्स उम्दा छ । फर्स्ट हाफ निकै स्लो भए पनि फिल्मको सेकेण्ड हाफ बलियो छ । 
Most Visited News (monthly)