Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9691 - 9696 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-26, बुधवार

फिल्म ‘द डार्क एण्ड लाइट’ को छायांकन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा निर्मित यो फिल्म भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । मंगलबार पोखरामा ‘राधा कृष्ण’ बोलकोे गीतको छायांकनसँगै फिल्म प्याकअप भएको हो ।

एजेन्सी, मुम्बई, 2019-06-26, बुधवार

बलिउड सुपरस्टार शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्म रिलिज भएसँगै ट्रोल भइरहेको छ । तर, मुभी लभर्सलाई आलोचनाले केही फरक पारेको छैन । दर्शक र समीक्षक दुबैले फिल्मलाई उत्कृष्ट भनेका छन् । फिल्मको शोज विकडेजमा पनि हाउसफुल भइरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-26, बुधवार

फ्लोरमा ननिस्किँदै फिल्म ‘प्रेमगीत ३’ को चर्चा हेर्दा यस्तो लाग्छ, यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकलाई यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो यही फिल्म हो । एकपछि अर्को भित्रिएका नयाँ तथा पुराना कलाकारले यो फिल्म छायांकन अगावै बहुप्रतिक्षीत बनेको छ । चैत २८ मा फिल्म रिलिज हुने तय भइसकेको छ । दशैंपछि छायांकन सुरु हुँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-26, बुधवार

एक छोरा र पिताको सम्बन्धको कथामा आधारित फिल्म ‘आप्पा’ अहिले चर्चामा छ । गीतसंगीत र ट्रेलरमा देखिएको मेकिङ र फिल्मले उठान गरेको कथावस्तुका कारण ‘आप्पा’ फरक स्वादको पखाईमा रहेका दर्शकलाई गतिलो खुराक हुनसक्ने कतिपयको विश्लेषण छ । यस्तै, अभिनेता दयाहाङ राईको प्रमुख भूमिका रहेका कारण यो फिल्मको दर्शकको ठूलो वर्गमा व्यग्र प्रतिक्षा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-25, मंगलवार

नेपालीमा एउटा प्रख्यात उखान छ, ‘बदनाम हुनु, तर गुमनाम नहुनु ।’ अपवादबाहेक संसारका जो कोही व्यक्तिको हकमा यो सिद्धान्त लागू हुन्छ । अझ बढी सेलिब्रेटीको हकमा । उनीहरु गुमनाम सहन सक्दैनन् । बरु, बदनामसँग घम्साघम्सी गर्न तयार हुन्छन् । जसरी हुन्छ आफ्नो चर्चा भइरहोस् भन्ने चाहन्छन्, राम्रो वा नराम्रो जुन हिसाबले भएपनि । यसबाट नेपाली कलाकारहरु अछुतो रहने त कुरै आउँदैन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-25, मंगलवार

‘एक्सन स्टार’ को उपाधि पाएका निखिल उप्रेतीको एक समय नेपाली फिल्ममा जगजगि थियो । उनले अभिनय गरेका हरेक फिल्मबाट निर्माताले बोराका बोरा पैसा बटुल्थे । तर, बिस्तारै उनको साम्राज्य डगमगाउन थाल्यो । यही बेला उनले अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेर पाँच वर्ष भारत बसे । यसपछि दर्शकले उनलाई हेर्ने नजर पनि फेरियो । कतिपयले उनी अब पलायन भएको अनुमान पनि लगाए । 

Results : 9691 - 9696 of 24024
Most Visited News (monthly)