गत वर्षको सबैभन्दा हिट फिल्ममध्ये एक ‘बधाई हो’ ले हालै घोषित राष्ट्रीय फिल्म पुरस्कार २०१९ मा ‘बेस्ट पपुलर फिल्म प्रोभाइडिङ व्होलसम इन्टरटेन्मेन्ट’ को ट्रफी आफ्नो नाम गर्यो । यो फिल्ममा प्रमुख भूमिकामा आयुष्मान खुराना, सान्या मल्होत्रा, नीना गुप्ता, गजराज राव र सुरेखा सीकरीले काम गरेका थिए । फिल्मका लागि सुरेखा सीकरीलाई पनि सर्वश्रेष्ठ सहायक अभिनेता (महिला) को राष्ट्रीय पुरस्कार मिलेको छ ।
'तलवार', 'बरेली की बर्फी' र 'राजी' जस्तो आफ्नो ब्रेकिङ फिल्मका कारण चिनिएको जंगली पिक्चर्सले ‘बधाई हो’ को माध्यमबाट एक संवेदनशील विषयलाई दर्शकसामु देखाएको थियो । अब यो फिल्मको दोस्रो पार्टको तयारी सुरु भएको छ । अहिलेलाई फिल्मको नाम ‘बधाई हो २’ राखिएको छ । फ्लोरमा निस्कने समयमा नाम परिवर्तन हुनसक्ने बताइएको छ । फिल्मलाई अमित शर्माले निर्देशन गर्नेछन् ।

‘बधाई हो’ जस्तै यसको दोस्रो पार्ट पनि सानदार कास्टसँगै पूरै इन्टरटेनिङ हुनेछ । यो कुनै विशेष मुद्धामाथि आधारित भएर बन्नेछ । स्क्रिप्ट फाइनल गरेर अहिले निर्माण टिम कास्ट फाइनल गर्ने तयारीमा छ । फिल्मको दोस्रो श्रृंखला हिन्दीसँगै तमिल, तेलुगू, कन्नड र मलयालम गरि चार भाषामा पनि निर्माण गर्ने बताइएको छ । फिल्ममा पहिलो पार्टका कलाकार दोहोरिने छन् वा छैनन् त्यसबारे निर्माण टिमले कुनै जानकारी दिएको छैन ।
फिल्मफेयर अवार्ड्स २०१९ मा निकै तारिफ बटुलेको ‘बधाई हो’ मा नकुल (आयुष्मान खुराना) आफ्नो प्रेमिका रिनी (सान्या मल्होत्रा) सँग आफ्नो फ्यूचर प्लान गरिरहेको हुन्छ । त्यही क्रममा उसको ५० वर्षकी आमा गर्भवती हुन्छिन् । यो फिल्मले बक्सअफिसमा मात्र सफलता पाएन, क्रिटिक्सले पनि निकै तारिफ गरेका थिए । फिल्मको अर्को इन्स्टलमेन्टमा दुई युवा कपलको कहानी हुनेछ, जुन अर्को वर्ष आउनेछ ।

