Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9685 - 9690 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-27, बिहिवार

प्रियंका चोपडा, अभिषेक बच्चन र जोन अब्राहम स्टारर सुपरहिट फिल्म ‘दोस्ताना’ रिलिजको करीब ११ वर्षपछि यसको सिक्वेल बन्ने भएको छ । निर्माता तथा निर्देशक करण जोहरले आफ्नो इन्स्टाग्राममा एक पोस्टमार्फत् दर्शकलाई यसबारे जानकारी गराएका छन् । फिल्ममा जान्हवी कपूर र कार्तिक आर्यन प्रमुख भूमिकामा देखिनेछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-27, बिहिवार

एक दशक अगाडिसम्म नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य बनाएका अभिनेता राजेश हमाल गएको तीन वर्षदेखि फिल्मबाट निस्क्रिय जस्तै छन् । उनले निकै आशा गरेका पछिल्ला दुई फिल्म 'बागमती' र 'सकुन्तला' ले व्यापारिक सफलता हात पार्न असफल भएपछि उनी अभिनयमा फर्किएका छैनन् । न त उनी तत्काल फिल्म गर्ने मनस्थितिमा नै छन् । अफर आएका सबै फिल्म रिजेक्ट गरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-27, बिहिवार

चर्चित उपन्यास ‘कर्णाली ब्लुज’ का लेखक बुद्धिसागर अब आफूलाई स्क्रिप्ट राइटरको रुपमा पनि चिनाउँदैछन् । गएको करीब एक वर्षदेखि उनी फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । १० लाख पारिश्रमिक बुझेर उनले फिल्मको पटकथा लेखिरहेको स्रोत बताउँछ । फिल्मको नाम ‘बर्मजंगको भिडियो’ जुराइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-26, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2019-06-26, बुधवार

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने भएको छ । फिल्म एकहप्ता पछाडि सरेको छ । असार २० मा आउने निश्चित भएको यो फिल्म प्राविधिक पाटोमा काम गर्न समय अपुग भएपछि एकहप्ता पछि सरेको हो । अब, असार २७ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउनेछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-26, बुधवार

‘एक्सन स्टार’ विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ को सम्पूर्ण छायांकन क्यामेरा ‘अन’ भएको ५० दिनमा सकिएको छ । डोटीबाट फिल्मको छायांकन सुरु भएको थियो । काठमाडौंमा केही सिन खिच्दै फिल्म प्याकअप भएको हो । अब, केही महिना फिल्म सम्पादनको टेवुलमा रहनेछ । फिल्मलाई भदौमा रिलिज गर्ने सोचमा विराज छन् । 

Results : 9685 - 9690 of 24024
Most Visited News (monthly)