Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायतमा ‘कैदीको पत्र’ खिचिँदै

फिल्मीखबर, काठमाण्डौ, 2019/08/18
स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथि फिल्म बन्ने भएको छ । हाल यस फिल्मको बेलायतमा छायांकन भइरहेको छ । फिल्मको छायांकन २६ जुलाईबाट सुरु भएको हो । साहित्यकार सनमकुमार बैरागले फिल्मको क्याप्टेनसिप सम्हालेका छन् । यो उनको डेब्यू निर्देशन हो । फिल्मको पटकथा, संवाद र गीत पनि उनी स्वयंले तयार पारेका हुन् । 
 
 
अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसले श्रृजना गर्ने बिषम परिस्थितिमाथि बन्न लागेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भएर आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् । 
 
म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाको अभिनय रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत छ । 
 
 
कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् । फिल्म सुटिङका लागि केही साताअघि प्राबिधिकको एक काठमाडौंबाट टोली बेलायत उडेको थियो । ‘कैदीको पत्र’ को छायांकन पूरा हुन अझै दुई हप्ता लाग्ने बताइएको छ । 
Most Visited News (monthly)