Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9679 - 9684 of 24024
एजेन्सी, मुम्बई, 2019-06-28, शुक्रवार

अभिनेता आयुष्मान खुराना लामो समयदेखि आफ्नो लिकबाट हटेर फिल्म गरिरहेका छन् । आफ्नो पहिलो फिल्ममा स्पर्म डोनरको भूमिका निभाएका आयुष्मानले आफ्नो हरेक फिल्ममा परम्परागत एक्टरभन्दा भिन्न रोल निभाएका छन् । फिल्म 'दम लगा के हइशा' मा बडी शेमिङ जस्तो मुद्धामा फिल्म गरेर उनले निकै तारिफ बटुलेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-28, शुक्रवार

बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड-२०१९’ (आईफा) काठमाडौंमा हुने भएको छ । यसको नेतृत्वको जिम्मा नेपाल पर्यटन बोर्डलाई दिइएको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णयको बारेमा जानकारी दिँदै ‘आईफा अवार्ड’ काठमाडौंमा हुने बताए ।

फिल्मीखबर, काठमाडौं, 2019-06-28, शुक्रवार

एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने फिल्म ‘आप्पा’ र तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कीर्तिपुर’ शुक्रबारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।  ‘आप्पा’ का निर्देशक अनमोल गुरुङ हुन् । भने, ‘कीर्तिपुर’ लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-27, बिहिवार

नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ आएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-27, बिहिवार

अभिनयको पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ जस्तोसुकै भूमिकालाई जीवन्त ढंगबाट प्रस्तुत गर्न सिपालु छन् । उनी आफ्नो भूमिकालाई न्याय गर्न दिलोज्यान दिन्छिन् । एक दशक लामो फिल्म करिअरमा एकसेएक सम्झनलायक फिल्म दिएकी उनलाई दर्शकले लभर गर्लको भूमिकामा निकै रुचाउने गर्दछन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’,  ‘क्लासिक’ फिल्म दर्शकको मनमा गडेर बसेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-27, बिहिवार

आउँदो भाद्र ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । भने, कल्याण सिंहको संगीत र रवि मल्लले शब्द छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । 

Results : 9679 - 9684 of 24024
Most Visited News (monthly)