Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुछ कुछ होता हे’ को रिमेकमा कसलाई लिन चाहन्छन् करण ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/18
केही फिल्मले इतिहास मात्र बनाउँदैनन्, आगामी फिल्मका लागि सोच्ने विल्कुलै फरक दिशा पनि दिन्छ । सन् १९९८ मा रिलिज भएको करण जोहरको फिल्म ‘कुछ कुछ होता हे’ पनि केही यस्तै थियो । फिल्ममा शाहरुख खानले राहुलको भूमिका निभाएका थिए भने रानी मुखर्जीले टीना र काजोलले अञ्जलीको रोल प्ले गरेका थिए । 
 
फिल्मको कहानी तीन साथी र उनीहरुको लभ ट्रायङगलको बारेमा थियो । यो फिल्मको रिमेकलार्ई लिएर लामो समयदेखि चर्चा भइरहेको छ । तर, अहिलेसम्म निर्माण हुन सकेको छैन । निर्देशक तथा निर्माता करणले मेलबर्नमा आयोजित इन्डियन फिल्म फेस्टिवलमा फिल्मको रिमेक बनेको खण्डमा हुनसक्ने स्टार कास्टको बारेमा बताएका छन् । 
 
 
करण भन्छन्, ‘यदी रिमेक बन्यो भने सायद राहुलको भूमिकामा रणवीर सिंह, आलिया भट्टलाई अञ्जली र जाह्नवी कपूरलार्ई टीनाको रोल दिनेछु ।’ करणले यो नाम सोच्नेको कारण पनि खुलाए । ‘मेरो विशलिस्टमा रणवीरले राहुलको रोल गर्नेछन् । उनले शाहरुख खान जत्तिनै इन्टेसिन्टी पैदा गरेका छन् । आलिया भट्ट अञ्जली हुनेछिन् किनकि उनीभित्र त्यो स्पङक छ’, उनले भने । 
 
विल्कुलै सटिक सन्तुलन र चलाखीपन भएका कारण टीनाको रोलमा जाह्नवी कपूर सुहाउने करण बताउँछन् । टीनाको भूमिकाका लागि कास्टिङ गर्न निकै गाह्रो भएको पनि उनले बताए । यो भूमिकाका लागि तब्बू, उर्मिला मातोन्डकर र ऐश्वर्या राय बच्चनको नाममा उनको ध्यान पटक पटक गएको थियो । तर, अन्तिममा उनले रानीलाई अनुबन्ध गरे । 
 
करणले गएकोे महिना साउथ फिल्मका सुपरस्टार विजय देवराकोन्डाको फिल्म ‘डियर कमरेड’ को रिमेक राइट्स खरिद गरेका छन् । पछिल्लो समय करणले रिमेक फिल्ममा बढी विश्वास गर्र्न थालेका छन् । गएको वर्ष मराठी भाषाको दमदार हिट फिल्म ‘सैराट’ को हिन्दी रिमेक बनाएका थिए । यो फिल्म बक्सअफिसमा निकै सफल भएको थियो । 
Most Visited News (monthly)