ह्योल्मो भाषामा निर्माण भएको फिल्म ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको फिल्मको ट्रेलर आकर्षक छ । नेपाली भाषाको फिल्मभन्दा कम तामझाम देखिन्न । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा बनेको फिल्मको सम्पूर्ण छायांकन पूरा भइसकेको छ । हाल यो फिल्म सम्पाददन टेवलमा छ । फिल्मले केह हदसम्म भए पनि ह्योल्मो भाषा र सांस्कृतिको जगेर्ना गर्ने निर्देशक लामाले बताएका छन् ।
बिना सम्झौता फिल्म निर्माण गरेको निर्मात्री सर्किनी ज्याबा ह्योल्मोको भनाई छ । निर्देशक लामाको कथा र आगत के.सीको पटकथा तथा संवाद रहेको फिल्मले एक युवक र युवतीको प्रेमकथा वाचन गर्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । फिल्म ६० लाखमा बनेको बताइएको छ ।
ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मोलगायतको फिल्ममा अभिनय छ । दावा डी. ह्योल्मोको संगीत रहेको फिल्मको सन्देश शाहले सम्पादन गरिरहेका छन् । राम कुमार के.सी. ले फिल्म खिचेका हुन् ।
ट्रेलर हेर्नूस् :-

