चौथो दिनमा प्रदर्शनरत मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ को चौथो गीत सार्वजनिक भएको छ । ‘सत्य सत्य’ बोलको प्रेमिल गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतमा प्रियंका बोल्ड अन्दाजमा देखिएकी छन् । सुगम पोखरेलले गीत गाएका हुन् ।

प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले सृजेका हुन् । यो गीतको भिडियो सिक्किमको हिमाली भेगमा रहेको चाँगु लेकमा खिचिएको हो, जति बेला त्यहाँको तापक्रम माइनस ४ डिग्री थियो । यसअघि केही फिल्ममा सँगै काम गरेका आर्यन र प्रियंकाको केमेस्ट्री गीतमा सुहाएको देख्न सकिन्छ ।
‘हजार जुनीसम्म’ को सस्पेन्स खुल्ने डरले निर्माण टिमले यो गीत लुकाएर राखेको थियो । ट्रेलरबाट धेरैले फिल्ममा आर्यनको जोडी अभिनेत्री स्वस्तिमा खड्का रहेको लख काटेका थिए । यो गीतले आर्यनको जोडी प्रियंका रहेको प्रस्ट्याउँछ । यसअघि प्रियंकालाई फिल्मको कुनै प्रचार सामाग्रीमा स्थान दिइएको थिएन ।
विकासराज आचार्य निर्देशित फिल्ममा अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतको पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।
गीत हेर्नुहोस् :-

