Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता सुमन सिंहलाई मातृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2019/08/19
 
एक समय नेपाली फिल्ममा राम्रो स्थान बनाएका चकलेटी अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ थिइन् ।
 
सुमनकी आमालाई अन्तिम श्रद्धाञ्जलीका लागि २ बजे पशुपति आर्यघाटमा राखिँदैछ । साँझ ५ गते उनको हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिने बताइएको छ । निधन भएको औपचारिक जानकारी प्राप्त भएसँगै अहिले सामाजिक सञ्जालमा अभिनेता सिंहकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । 
 
फिल्मीखबर डटकम परिवार अभिनेता सुमन सिंहकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।
Most Visited News (monthly)