
हालै अभिनेत्री सुस्मिता सेन आफ्नो भाईको विवाहलाई लिएर चर्चामा रहेकी थिइन् । विवाह समारोहमा उनी आफ्नो प्रेमी रोहमन शलसँग देखिएकी थिइन् । दुईले सोसल मिडियामा कयौं रोमान्टिक तश्बिरहरु साझेदार गर्दै देखिएका थिए । तर, दुईको सम्बन्धलाई लिएर चकित बनाउने खबर बाहिर आएको छ । प्रायः मिडियाले दुईको ब्रेकअप भएको दाबी गरेका छन् ।

आउँदो भाद्र १३ गते अर्थात् तिजको छेकोमा दुई ठूला फिल्मको बक्सअफिसमा निकै ठूलो टकराव हुने देखिएको छ । अहिलेसम्म यो डेटमा नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ एक्लै थियो । यसअघि उक्त मितिमा अभिनेता अनमोल केसीले अभिनय गर्ने भनिएको फिल्म ‘ब्याचलर बन्टी’ आउने निधो भएको थियो । तर, अनमोलले यो फिल्मबाट हात झिकेपछि भिडन्त टर्यो । र, ‘मारुनी’ सोलो प्रदर्शनमा आउने सम्भावना बढेको थियो ।

यही असार १६ गते चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिकोत्सव मनाउँदैछ । बोर्डको प्रेक्षालय हलमा हुने वार्षिकोत्सव कार्यक्रममा १४ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’, चार चलचित्र भवनलाई ‘विशिष्ट योगदान सम्मान’, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेत सम्मान गरिने भएको छ ।

अभिनेत्री जसिता गुरुङमाथि नेपाली फिल्म क्षेत्रको ठूलो आशा र अपेक्षा छ । डेब्यू फिल्म 'लिलिबिली' बाट उनले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । मिलन चाम्स निर्देशित यस फिल्ममा उनको अपोजिटमा अभिनेता प्रदीप खड्का थिए । फिल्म बक्सअफिस फ्लप साबित भए पनि उनको अभिनय र सुन्दरताको गजबकै प्रशंसा भयो । दर्शकले प्रदीपसँग उनको जोडी पनि औधि रुचाए । यो फिल्मपछि उनीहरु अफेयरमा रहेको चर्चा छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट अभिनयमा डेब्यू गरेका कलाकार हुन्, मुकुन्द भुषाल । यसमा उनले 'चोपेन्द्र' नामक पात्रको भूमिका निभाएका थिए । फिल्मले बक्सअफिसमा औसत व्यापारमा गरिरहँदा समीक्षात्मक रुपमा फिल्मले ठूलो सफलता हात पार्यो । फिल्म हेर्ने दर्शकले पनि निकै रुचाए । मुकुन्दको अभिनयको पनि गजबकै प्रशंसा भयो ।

गएको जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले सफलतापूर्वक शुक्रबारबाट सातौं हप्तामा प्रदर्शन आरम्भ गरेको छ । प्रदर्शनको तीन हप्ता बक्सअफिसमा जबरजस्त व्यापार गरेको फिल्मको कमाई छैटौं हप्तासम्म पनि राम्रो छ । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव बक्सअफिसमा पर्यो । फिल्म अहिले ५१ दिने बाटोमा छ ।

