Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहिदले गर्न मानेनन् ‘डियर कमरेड’ को हिन्दी रिमेक

फिल्मीखबर, काठमाण्डौ, 2019/08/21
 
बलिउड निर्देशक तथा निर्माता करण जोहरले गएको महिना साउथको सुपरहिट फिल्म ‘डियर कमरेड’ को हिन्दी रिमेकको राइट्स खरिद गरेका थिए । फिल्मको कास्टिङलाई लिएर ‘धडक’ अभिनेत्री जाह्नवी कपूर र अभिनेता ईशान खट्टरको नाम बाहिर आएको छ । तर, यसमा कुनै सत्यता नभएको करणले बताएका छन् । 
 
भारतीय मिडियाका अनुसार, करणले साउथ सुपरस्टार विजय देवरकोन्डाको फिल्म ‘डियर कमरेड’ का लागि अभिनेता शाहिद कपूरलाई अप्रोच गरेका छन् । तर, उनले फिल्म गर्न अस्वीकार गरेका छन् । मुम्बई मिररको रिपोर्ट अनुसार, करणले ‘डियर कमरेड’ मा विजयले निर्वाहा गरेको भूमिका हिन्दी भर्सनमा शाहिदलाई अफर गरेका थिए । 
 
देवरकोन्डा स्टारर फिल्ममा काम गर्न शाहिद इच्छुक छैनन् । त्यसमाथि यो फिल्मले गतिलो प्रतिक्रिया पनि बटुल्न सकेको थिए । फिल्मले व्यापार भने राम्रो गरेको थियो । यसअघि करणले ‘डियर कमरेड’ को हिन्दी रिमेकमा विजयलाई नै कास्ट गर्न लागेको खबर आएको थियो । ४० करोड अफर गरिएको भएता पनि उनले गरेनन् । 
 
शाहिद कपूरको पछिल्लो रिलिज फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा गजबको व्यापार गरेको थियो । फिल्ममा उनको अपोजिट कियारा आडवाणी थिइन् । यो फिल्म तेलुगू ब्लकबस्टर फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो, जसमा विजयले नै प्रमुख भूमिका निभाएका थिए । शाहिदको नयाँ फिल्मबारे कुनै जानकारी प्राप्त भएको छैन । 
Most Visited News (monthly)