Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आइएम ट्वान्टी वान’ मा बाँधियो धिरज र जसिताको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/08/20
अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी अभिनेत्री जसिता गुरुङ नयाँ फिल्ममा अनुबन्ध भएकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’ मा उनको प्रवेश भएको हो । लामो समयदेखि यो फिल्ममा उनी हुने चर्चा थियो । 
 
निर्देशक वान्तवाका अनुसार, यसअघि जसितासँग मौखिक सहमति भए पनि केही दिन अगाडि मात्र कागजी सम्झौता भएको हो । वर्कसपका लागि जसिता केही दिनमा यूकेबाट नेपाल ओर्लिने उनले बताइन् । फिल्ममा प्रमुख भूमिकामा अनुबन्ध भएका अभिनेता धिरज मगर अहिले नेपालमा नै छन् । उनी यूके रैनाथे हुन् । ‘इन्टु मिन्टु लण्डनमा’ बाट उनले अभिनयमा डेब्यू गरेका थिए । 
 
 
धिरज र जसिता पूर्व प्रेम-प्रेमिका रहेको चर्चा फिल्मवृतमा छ । तर, दुबैले यसको खण्डन गरिसकेका छन् । डेब्यू फिल्मबाटै राम्रो सम्भावना देखाएका धिरज र दुई फिल्मबाट राम्रो फ्यान फलोइंग कमाएकी जसिताको जोडी पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । पूर्ण रुपमा लभस्टोरी हुने फिल्मलाई प्रज्वल सम्सेर जबराले निर्माण गर्नेछन् । 
 
फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । धिरजले स्क्रिनमा दुई अभिनेत्रीसँग रोमान्स गर्नेछन् । गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, ‘आइएम ट्वान्टी वान’ का लागि अभिनेत्री स्वस्तिमा खड्कासँग कुरा भइरहेको छ । उनले फिल्मको स्क्रिप्ट सुनिसकेकी छन् । तर, निर्णय दिएकी छैैनन् । २ महिना वर्कसप भएपछि फिल्मको छायांकन सुरु हुनेछ । 
Most Visited News (monthly)