Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9667 - 9672 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-30, आईतवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगरलाई भविष्यको ‘स्टार’ भनिन थालिएको छ । डेब्यू फिल्ममा उनको अभिनयको गजबकै प्रशंसा भएको थियो । अहिलेका जल्दाबल्दा अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी ‘थ्रेट’ हुनसक्ने चर्चा फिल्मवृतमा छ । यूके रैथाने उनलाई फिल्ममा लिन अहिले फिल्ममेकर बीच हानाथाप भइरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-30, आईतवार

बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगल' बाट अभिनयमा डेब्यू गरेकी एक्ट्रेस जायरा वसीमले फिल्मबाट सन्यास घोषणा गरेकी छन् । 'सीक्रेट सुपरस्टार' फेम नेशनल अवार्ड विनर एक्ट्रेस जायराले अचानक फिल्म इन्डस्ट्री छाड्ने घोषणा गरेकी हुन् । चाँडै फिल्म 'द स्काई इज पिंक' मा देखिन लागेकी उनी बलिउडकी ट्यालेन्टेड अभिनेत्री मध्येकी एक हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-30, आईतवार

अन्ततः यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकामा अभिनेत्रीको टुंगो लागेको छ । अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङ खड्कालाई निर्माण टिमले लिड अभिनेत्रीमा अनुबन्धित गरेको छ । उनी फिल्मको अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2019-06-30, आईतवार

असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ को प्रचार चुस्त बनाउन निर्माण टिमले कुनै कसर बाँकी राखेको छैन । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर यस फिल्मको गीतसंगीत र ट्रेलरले राम्रो हाइप निर्माण गरेको छ । यसबीच, निर्माण टिम मोफसल प्रचारमा निस्किएको छ । शुक्रबार फिल्म यूनिटले चितवनमा पत्रकारसँग अन्तरक्रिया गर्‍यो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-29, शनिवार

एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार औसत व्यापार गरे पनि शनिबार फिल्म बिहानैदेखि देशैभर हाउसफुल रहेको निर्माण टिमबाट जानकारी प्राप्त छ । अभिनेता दयाहाङ राई स्टारर यस फिल्मले शनिबार मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतिर राम्रो व्यापार गरेको वितरकले बताएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-29, शनिवार

एक जमाना ‘लिड हिरो’ को रुपमा अभिनेता शिव श्रेष्ठलाई नेपाली फिल्ममा भ्याइनभ्याइ थियो । ‘एक्सन हिरो’ को रुपमा आफ्नो पहिचान बनाएका उनी पछिल्लो केही वर्षयता भने फिल्मबाट निस्क्रिय जस्तै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘बागमती’ हो । यसपछि उनी पर्दामा देखिएका छैनन् । उनी आफैंले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गर्ने घोषणा समेत गरेका थिए । तर, यो फिल्म आधा छायांकन नसकिँदै रोकियो ।

Results : 9667 - 9672 of 24024
Most Visited News (monthly)