
अनुभव सिन्हाको निर्देशनमा बनेको अभिनेता आयुष्मान खुराना स्टारर 'आर्टिकल १५' ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले भारतीय बजारबाट तीन दिनमा आफ्नो बजेट उठाएको छ । अर्थात् लगानी बराबरको व्यापार गरेको छ । ट्रेड रिपोर्ट्सका अनुसार, यो फिल्म १८ देखि २० करोडमा निर्माण भएको छ ।

कन्टेन्टमा ‘एक्सपेरिमेन्ट’ गर्न नडराउने निर्देशक दीपेन्द्र के. खनालले अभिनेता खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘पशुपतिप्रसाद’ पछि यादगार फिल्म पस्कन सकेका छैनन् । यो फिल्मपछि उनले ‘लभ लभ लभ’, ‘धनपति’ र ‘चंगाचेट’ को क्याप्टेनसिप सम्हाले । तर, यी फिल्मले दर्शकलाई सन्तुष्ट बनाउन सकेनन् । किनभने, उनीबाट दर्शक र समीक्षकले ‘पशुपतिप्रसाद’ भन्दा माथिल्लो स्तरको फिल्मको अपेक्षा राख्दछन् ।

बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड-२०१९’ (आईफा) को २०औं संस्करणका लागि १ अर्ब दिने सरकारी निर्णयको अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ । भारतको एक नीजि कम्पनीलाई अवार्ड गर्नका लागि करोडौं दिनु जनताले तिरेको करको दुरुपयोग हुने भन्दै सर्वसाधारण, चलचित्रकर्मी र राजनीतिक दलका नेताहरुले चर्को विरोध गरिरहेका छन् । आइतबार माइती घर मण्डलामा सरकारी निर्णयको विरोधमा सर्वसाधारण सडकमा नै उत्रिएका थिए ।

नेपाल सरकारले यस वर्षको बजेटमार्फत् फिल्म छायांकनका लागि काठमाडौंमा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । तर, यसका लागि सरकारले बजेट विनियोजन गरेको छैन । न त काठमाडौंमा कहाँ निर्माण गर्ने भन्ने नै टुंगो लागेको छ । सरकारले जग्गा खोज्ने जिम्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ । मन्त्रालयले चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ ।

'प्वाक्क मुखमा हान्नु जस्तो' संवादले चर्चित हास्यकलाकार शिवहरी पौडेलले फिल्म निर्माण र निर्देशनमा हात हाल्ने भएका छन् । केही हास्य टेलिसियल निर्देशन गरिसकेका उनको निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको जन्मदिनको अवसरमा घोषणा गरियो । फिल्ममा सह-निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहनेछन् ।

प्रायः फिल्मको प्रदर्शन मितिभन्दा एक महिना वा १५ दिन अगाडि ट्रेलर सार्वजनिक गर्ने गरिन्छ । फिल्म ‘सत्या’ को भने प्रदर्शनको चार महिना अगावै युट्युबमा ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार विकास थापा मगरको जन्मदिन सेलिब्रेसन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गर्यो ।

