
युवापुस्ताले निकै रुचाउने लभस्टोरी जनरामा मनछुने फिल्म पस्कन निर्देशक सुदर्शन थापा माहिर छन् । उनलाई दर्शकको नाडी छामेर फिल्म बनाउने निर्देशक पनि भन्ने गरिन्छ । 'मेरो एउटा साथी छ', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु', 'रामकहानी' लगायतका सफल फिल्म दिइसकेका उनी वर्षमा एक वा दुईभन्दा बढी फिल्म गर्दैनन् । उनको हरेक फिल्मको दर्शकलाई निकै प्रतिक्षा रहने गर्दछ ।

एक्सन लभस्टोरी जनरामा निर्माण भएको छायाँकार हरि हुमागाईंले निर्देशनमा डेब्यू गरेको फिल्म ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको लोक शैलीको गीतमा ‘कुटुमा कुटु’ फेम्ड गायक तथा संगीतकार राजन राज शिवाकोटीको शब्द, संगीत तथा स्वर समावेश छ । उनलार्ई मिलन नेवारले गायनमा साथ दिएकी छन् ।

सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने तयारी गरिरहँदा नीजि क्षेत्रको लगानीमा लमजुङमा निकै ठूलो लागतमा फिल्म सिटी निर्माण हुने भएको छ । 'स्मार्ट फिल्म सिटी' निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालीको वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ टीमले प्रचार-प्रसारलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी राखेको छैन । टीमले राजधानीदेखि मोफसलसम्म फिल्मको प्रचार भ्याइसकेको छ । म्यूजिकल लभस्टोरीमा निर्मित चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता राजकुमार रावको प्रमुख भूमिका रहेको फिल्म ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सस्पेन्स, थ्रिलर र रोमान्सले भरिएको छ । सुरुवातदेखि अन्त्यसम्म ट्रेलर कन्फ्यूजनले भरिएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति निकै उत्सुकता जगाएको छ ।

एक समय टेलिभिजनको दुनियाँमा बलियो साम्राज्य बनाएको जोडी हो- सिताराम कट्टेल र कुञ्जना घिमिरे । हास्य टेलिसिरियल 'मेरी बाँस्सै' मा लामो समय दुईले ‘धुर्मुस सुन्तली’ को भूमिकामार्फत् दर्शक रिझाए । वि.सं २०७२ को महाभूकम्पपछि अभिनयबाट दूरी बनाएर उनीहरु समाजसेवामा लागे । चार ठाउँमा नमुना बस्ती निर्माण गरिसकेका उनीहरु हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् ।

