Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(50 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मारुनी’ गीत : रेविकासँग पुष्पको नबोलेरै पिरती बस्यो (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/08/25
भाद्र १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हाँने मैले झटारो नजरले गोली’ बोलको लोक शैलीको गीतमा फिल्मका प्रमुख अभिनेता पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । अञ्जु पन्त र कृष्ण काफ्लेको गीतमा स्वर छ । 
 
 
पुरुषोत्तम ढुंगेल र गायक काफ्लेको शब्द रहेको गीतमा गायक काफ्ले स्वयंले संगीत भरेका छन् । गीतका एरेञ्जर राजन इशान हुन् । सार्वजनिक गीतको अडियो र भिडियो दुबै सशक्त छ । बजारको मागअनुसार तयार पारिएको गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसर छाडेको छैन । यो गीत दर्शकलाई हलसम्म तान्ने हतियार बन्नसक्ने देखिन्छ । 
 
फिल्ममा पुष्प र रेविका श्रीमान्-श्रीमतीको भूमिकामा छन् । गीतमा रेविकाको सिउँदो सिन्दर देख्न सकिन्छ । दुईको सम्बन्धमा अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रवेश भएपछि आउने उतारचढावमा फिल्म केन्द्रित रहेको बताइएको छ । फिल्ममा साम्राज्ञी समलिङ्गीको भूमिकामा छिन् । एकैखाले भूमिकामा रमाइरहेकी उनलाई फरक भूमिकामा हेर्न निकै रोचक हुने देखिन्छ । 
 
पुनम गौतमले निर्माण गरेको फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । मित्र डि.गुरुङ फिल्मका सम्पादक हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)