Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(37 votes, avg 5.00/5.00)
Text size:-
+
-

निर्माता शाही हिरासतमै रहने, फेरि २ दिन म्याद थपियो

फिल्मीखबर, काठमाडौं, 2019/08/26
 
‘लिलिबिली’ निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले फेरि दुई म्याद थप गरेर हिरासतमा राख्न अनुमति दिएको छ । आइतबारदेखि लागू हुनेगरी दुई दिन हिरासतमा राख्न अदालतले दोस्रो पटक म्याद दिएको हो । आइतबार भएको बहसको आधारमा निर्माता शाहीलाई अनुसन्धानको लागि म्याद दिइएको हो । 
 
उनलाई गएको बुधबार महानगरीय अपराध महाशाखा टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनलाई अदालत पुर्‍याएको थियो । पहिलो पटक पनि दुई दिन अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको थियो । अहिले निर्माता शाहीलाई टेकुमा राखिएको छ । 
 
उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएका थिए । विवादित छविका निर्माता शाही एक समयका हिरो हुन् भने अहिलेका फिल्म वितरक तथा निर्माता हुन् । 
Most Visited News (monthly)