
एक्सन फिल्मका 'ट्रेन्ड सेटर' अभिनेता निखिल उप्रेतीको एक समय नेपाली फिल्ममा राम्रै जगजगि थियो । फिल्म 'पिंजडा' बाट जबरजस्त डेब्यू गरेका उनले आफ्नो करिअरको झण्डै २ दशक लामो यात्रामा २ सयको आसपासमा फिल्म गरे । केहीले निर्मातालाई नराम्रोसँग डुबाए भने प्रायः फिल्मले मालामाल बनाए । एक्सन र रोमान्टिक दुबैखाले भूमिकामा उनी फिट मानिन्छन् । यद्यपि, दर्शक भने उनको एक्सन बढी रुचाउने गर्दछन् ।

नाम नै ‘ब्रान्ड’ भइसकेको छ निर्देशक प्रदीप भट्टराईको । ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ को सफलतापछि उनीमाथि अब दर्शक र फिल्म क्षेत्रको ठूलो विश्वास छ । आफ्नो निर्देशकीय क्षमता प्रमाणित गरिसकेका उनले व्यापारिक रुपमा तीन सफल फिल्म दिएर ह्याट्रिक समेत गरेका छन् । शनिबारबाट उनी निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ ले हलमा ५१औं दिन मनाउँदैछ । ‘जात्रा’ र ‘शत्रु गते’ ले पनि ५१ दिने यात्रा पार गरेका थिए ।

वर्षौदेखि विदेशी फिल्मका कारण नेपाली फिल्मको रिलिज अस्तव्यस्त हुने गरेको छ । हलिउड र बलिउडका प्रतिक्षीत फिल्मले प्रदर्शन मिति घोषणा गर्दा त्यसको असर नेपाली फिल्मलाई नराम्रोसँग हुने गर्दछ । किनकि, विदेशी फिल्मसँग बक्सअफिसमा प्रतिस्पर्धा गर्न सायदै नेपाली फिल्म तयार हुन्छन् । दर्शक अभाव हुने र हल नपाउने डरले नेपाली निर्माता फिल्म जुधाउने आँट गर्दैनन् । बरु, भाग्नु बुद्धिमता ठान्दछन् ।

अभिनेत्री केकी अधिकारीले फिल्म ‘कोहलपुर एक्सप्रेस’ मार्फत् पहिलो पटक फिल्म निमाणमा हात हालिन् । रिलिजपूर्व फिल्मको चर्चा गजबै थियो । बक्सअफिसमा राम्रो पैसा छाप्ने आँकलन पनि भएको थियो । तर, रिलिज लगत्तै चोरीको बात लाग्यो । साउथ इन्डियन फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा र प्लट तानेर निर्देशक विशाल भण्डारीले फिल्म बनाएका थिए । चोरीको बात लागेपछि फिल्मले हलमा दर्शक तान्न सकेन ।

बलिउड सुपरस्टार शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा पनि बक्सअफिसमा थाम्ने नाम लिएको छैन । हरेक दिन जबरजस्त व्यापार गरिरहेको छ । यो फिल्मले प्रदर्शनको पहिलो हप्ता घरेलु बजारमा १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो । दोस्रो हप्तामा २ सय करोडको आँकडा पार गरेको छ ।

नेपालमा हरर जनराका फिल्म निकै कम बन्छन् । वर्षौदेखि कमेडी र लभस्टोरी फिल्मकै दबदबा छ । नेपालमा हरर फिल्मले राम्रो व्यापार गरेको इतिहास नभएका कारण पनि फिल्ममेकर यो जनरामा जोखिम मोल्न चाहँदैनन् । यद्यपि, नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या भने ठूलो छ । वर्षमा मुश्किलले एक वा दुईवटा हरर फिल्म रिलिज हुन्छन् । तर, कुनैले दर्शक रिझाउन सकेका छैनन् ।

