Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9655 - 9660 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-03, बुधवार

फिल्मले लगानी पनि उठाउन सकेन भने सबैभन्दा ठूलो घाटा कसलाई हुन्छ ? जवाफ पाउन गाह्रो छैन । खाइनखाई जम्मा गरेको सम्पत्ति क्षणभरमै डुब्दा सबैभन्दा ठूलो घाटा फिल्ममा लगानी गर्ने निर्मातालाई हुन्छ । यसको असर केही हदसम्म फिल्मका कलाकारलाई पनि पर्छ । तर, अभिनय राम्रो भएको खण्डमा कलाकारलाई फिल्मको असफलताले खासै ठूलो असर गर्दैन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-02, मंगलवार

एक जमाना नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, करिश्मा मानन्धर । आफ्नो युगमा एकसेएक सम्झनलायक र सुपरहिट फिल्म दिएकी उनले फिल्म ‘साथी’ मा अभिनेता राजेश हमाललाई अग्रेजीमा ‘आई लभ यू’ बोल्न सिकाएको दृश्य दर्शकको दिमागबाट कहिल्यै हट्न सकेको छैन । तर, केही वर्षयता उनी काँचको पर्दाबाट टाढा छिन् । उनी अभिनीत फिल्म हेर्न नपाएको दर्शकले वर्षौ भइसकेको छ ।

एजेन्सी, मुम्बई, 2019-07-02, मंगलवार

शाहिद कपूर अभिनीत फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा अविश्वसनीय सफलता हासिल गरेको छ । यो फिल्मले दोस्रो हप्ता पनि बम्पर व्यापार गरिरहेको छ । हरेक दिन फिल्मले सफलताको नयाँ नयाँ आयाम रच्दै गएको छ । ‘कबीर सिंह ’को सफलतापछि शाहिदको खुसीको पनि सीमा छैन । उनी फिल्मको सफलताबाट निकै खुसी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-02, मंगलवार

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्मले घरेलु बजारमा मात्र रेकर्डतोड व्यापार गर्दैन । विदेशमा पनि व्यापारमा नयाँ रेकर्ड कायम गर्दछन् । यसैले यो टिमले बनाएका फिल्मको डिजिटल र ओभरसिज राइट्स महँगो मुल्यमा विक्री हुने गरेको छ । गत वर्ष यो टिमले बनाएको फिल्म ‘छक्का पञ्जा ३’ को विदेश राइट्स करीब १ करोडमा विक्री भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-02, मंगलवार

अभिनेत्री प्रियंका कार्कीले छोटो समयमा नै नेपाली फिल्ममा लोभलाग्दो लोकप्रियता हासिल गरिन् । 'थ्रि लभर्स' बाट नेपाली फिल्ममा डेब्यू गरेकी उनलाई एक समय अभिनेत्री रेखा थापापछि 'नायिकाको स्टारडमको भ्याकुम' पूरा गर्ने अभिनेत्रीको रुपमा हेरिएको थियो । तर, उनले आफूलाई जोगाएर अगाडि बढ्न सकिनन् । गुणस्तरमा भन्दा संख्यात्मक अभिनयमा जोड दिँदा उनको करिअर जुन गतिमा उक्लियो त्यही गतिमा झर्‍यो पनि । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-02, मंगलवार

यस वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ का लागि २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा अनुबन्ध भएकी क्रिस्टिना गुरुङ खड्काको चर्चा केही दिनयता कुनै सुपरहिट फिल्मकी अभिनेत्रीको भन्दा कम छैन । उनी डेब्यू फिल्म रिलिज नहुँदै शहरिया युवापुस्तामाझ राम्रैसँग चिनिएकी छन् । उनको सुन्दरताले धेरैलाई लोभ्याएको छ । 

Results : 9655 - 9660 of 24024
Most Visited News (monthly)