Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदीपसँग कुश्ती लड्दै देखिए सलमान

एजेन्सी, मुम्बई, 2019/08/25
 
कन्नड सुपरस्टार किच्चा सुदीपसँग बलिउडका सुपरस्टार सलमान खानको एक तश्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । सुदीपले ट्विटरमा एक तश्विर साझेदार गरेका छन्, जसमा उनी ‘सुल्तान’ सलमानसँग कुश्ती लड्दै देखिएका छन् । तश्विरमा उनले लेखेका छन्, ‘पहलवान एण्ड सुल्तान’ ।
 
तश्विर साझेदार गर्दै सुदीपले क्याप्सनमा लेखेका छन्, ‘यो कुनै फिल्मको पोस्टर होइन । यदी उनी (सलमान) कसैसँग प्रेम गर्छन् भने यसरी घुलमिल हुन्छन् । आफ्नो जिन्दगीमा यो स्थान दिएकोमा धन्यवाद सलमान सर । म गर्व महशुस गरिरहेको छु ।’ वर्ष २०१६ मा आएको फिल्म ‘सुल्तान’ मा सलमान रेसलरको भूमिकामा थिए । 
 
अभिनेता सुदीप पनि प्रदर्शनको तरखरमा रहेको फिल्म ‘पहलवान’ मा रेसलरको भूमिकामा देखिँदैछन् । यो फिल्ममा बलिउडका चर्चित अभिनेता सुनील शेट्टीको पनि प्रमुख भूमिकामा छ । उनले सुदीपको कोचको भूमिका निभाएका छन् । यस फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र निकै रुचाइएको छ । १२ सेप्टेम्बरमा फिल्म रिलिज हुँदैछ । 
 
पहिलो पटक सलमान खान र किच्चा सुदीपको फिल्म ‘दबंग ३’ मा टिमअप भएको छ । अहिले दुबै यस फिल्मको छायांकनमा व्यस्त छन् । फिल्ममा सुदीप नेगेटिभ रोलमा छन् । उनी यो फिल्मको हिस्सा बन्न पाएकोमा निकै खुसी छन् । फिल्ममा चुलबुल पाण्डेको जवानीको समय देखिनेछन् । डिसेम्बरमा फिल्म प्रदर्शनमा आउँदैछ ।  
Most Visited News (monthly)