Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9631 - 9636 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-07, आईतवार

श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल-२०१९’ मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म 'बुलबुल' ले अवार्ड हात पारेको छ । यो फिल्ममा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड-२०१९’ जितेकी हुन् । अवार्ड जितेपछि उनले फेसबुकमार्फत् आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-07, आईतवार

रगतको नाताले हाम्रो परिवार बन्छ । तर, मित्रता एउटा त्यस्तो बरदान हो, जो सबै किसिमको नाताभन्दा माथि हुन्छ । यसकारण नै भनिएको हुनसक्छ, इमान्दार तथा विना स्वार्थ साथ दिने साथीले जीवनलाई सम्पूर्णतामा बदल्न सक्छ । महाभारतमा कृष्णजी र सुदमाको आदर्श कथाले पनि मित्रताको महत्त्व दर्शाउँछ । साथीको अर्थ आफैंमा वृहत र आयमित छ । 

एजेन्सी, मुम्बई, 2019-07-07, आईतवार

बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा आडवानीको प्रमुख भूमिका रहेको फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा गएको दुई हप्तादेख धूम मच्चाइरहेको छ । फिल्म शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शनरत छ । भारतसँगै यसले नेपालमा पनि जबरजस्त व्यापार गरिरहेको छ । यो रफ्तारमा अझै कम हुने छाँटकाट देखिएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-07, आईतवार

माटो सुहाउँदो फिल्म बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङ निर्देशित हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । भाद्र १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको १ मिनेट २९ सकेण्ड छोटो टीजर इन्गेजिङ छ । दोस्रो पार्ट जहाँ अन्त्य भएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु हुने टीजरले प्रस्ट्याउँछ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-07, आईतवार
शनिबार हिजो राजधानीका सातवटा सिंगल र मल्टीप्लेक्समा प्रदर्शनको ५१ दिने यात्रा पार गरेको फिल्म ‘जात्रै जात्रा’ को टिमले पूर्व घोषणा गरेअनुरुप सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शनिबार साँझ राजधानीमा फिल्मको ५१ दिने सफलताको पार्टीमा निर्माण टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक अभिनेत्री श्वेता खड्कालाई प्रदान गर्‍यो । 
फिल्मीखबर, काठमाण्डौ, 2019-07-07, आईतवार

निर्माण सम्पन्न भएको लामो समयदेखि प्रदर्शनमा आउन नसकेको रोमान्टिक लभस्टोरी फिल्म ‘यो माया कस्तो माया’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । असोजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको ‘हुन्न है’ बोलको गीत निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ । 

Results : 9631 - 9636 of 24024
Most Visited News (monthly)