
भारतका प्रख्यात स्क्रिप्ट राइटर रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपाल आएर पटकथा लेखन सम्बन्धि प्रशिक्षण दिने भएका छन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालामा सहभागी हुन रोबिन र जेफ नेपाल आउने पक्का भएका हुन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोणले हालैमा फिल्म 'छपाक' को छायांकन पूरा गरेकी छन् । उता, अभिनेता ऋतिक रोशन अहिले नयाँ फिल्म 'सुपर ३०' को प्रमोसनमा छन् । यसबीच, यी दुईको हातमा एक अर्को ठूलो फिल्म आएको छ । पहिलो पटक ऋतिक र दीपिका एकसाथ स्क्रिनमा देखिने भएका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका चोपेन्द्र उर्फ मुकुन भुषालले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्ने भएका छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा अभिनेत्री केकी केही दिन अगाडि भित्रिएकी हुन् । मुकुन भने गएको महिना नै अनुबन्ध भएका थिए ।

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई फिल्म ‘जोनी जेन्टलम्यान’ मा एक्सन-कट गरेका नीतिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’ को असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

सन् २००४ मा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा चार वर्ष ‘सिनेम्याट्रोग्राफी’ को कोर्ष लिएका आलोक शुक्ला अहिले नेपाली फिल्मका डिमान्डेड छायाँकार मध्येका एक हुन् । दर्जन बढी बलिउड र मराठी फिल्ममा सहायक छायाँकारको रुपमा काम गरेका उनले निर्माता सुनिल रावलको फिल्म ‘लाउरे’ बाट नेपाली फिल्म क्षेत्रमा औपचारिक रुपमा छायाँकारको रुपमा प्रवेश गरेका थिए । यद्यपि, यो फिल्म अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । तर, उनलाई यसपछि कामको कमी भएको छैन ।

सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ । मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु निर्देशक सुदर्शन थापा र अभिनेता पलको सम्बन्ध विग्रिएपछि ‘म यस्तो गीत गाउँछु २’ नबन्न नसकेको चर्चा लामो समयदेखि फिल्मवृतमा चल्दै आएको थियो ।

