
डेढ दशक अगाडिसम्म नेपाली फिल्मका लागि हलमा प्रदर्शनको ५१औं र सय दिन सामान्य हुन्थे । डिजिटल युगको आरम्भसँगै हलमा नेपाली फिल्मलाई एक हप्ता टिक्न पनि हम्मेहम्मे पर्ने गरेको छ । फिल्मको सफलताको मानक मानिने ५१ र सय दिने पछिल्लो केही वर्षयता लोप हुँदै गएको छ । यद्यपि, वर्षमा एक वा दुई फिल्मले भने जसोतसो प्रदर्शनको ५१ दिने पार गर्ने गरेका छन् । गत वर्ष 'छक्का पञ्जा ३', 'जय भोले' र 'ए मेरो हजुर ३' ले यो यात्रा पार गरेका थिए ।


फिल्म क्षेत्रमा रमाइरहेका जो कोही आफ्नो चर्चामा कमी नहोस् भन्ने चाहन्छन् । यहाँ चर्चा हुन छाड्यो भने गुमनाम हुने डर हुन्छ । यसैले त कलाकारहरु बरु बदनाम हुन तयार हुन्छन् तर गुमनाम सहन सक्दैनन् । नेपाली फिल्म क्षेत्रमा यस्ता धेरै सेलिब्रेटी छन्, जो चर्चाकै भरमा आफूतिर मिडिया र दर्शकको ध्यान आकर्षित गरिरहेका हुन्छन् । अभिनेत्री आँचल शर्माले त मुखै फोडेर भनेकी थिइन्, ‘जसरी होस् चर्चा होस् ।’

दोलखाको डाङडुगे डाँडामा फिल्म सिटी निर्माण गर्न नेपाल सरकार र चलचित्र विकास बोर्ड लागिपरेको एक दशक भइसकेको छ । तर, अहिलेसम्म निर्माण हुन सकेको छैन । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले दोलखामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेका थिए । त्यसैअनुरुप तत्कालीन जिल्ला समितिले फिल्म सिटी निर्माणका लागि आवश्यक जमिन उपलब्ध गराउने निर्णय गर्यो ।

असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ को चर्चा फिल्मवृतमा राम्रै छ । गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गर्ने फिल्मको टीमले दर्शकमाझ जानकारी पुर्याउन हरेक किसिमको प्रचार शैली अपनाइरहेको छ । यसबीच, शुक्रबार दिउँसो निर्माण टीमले राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको छ ।

बलिउड सुपरस्टार सलमान खानका फ्यानका लागि उनका हरेक फिल्मको बारेमा जान्न गजबको उत्सुकता रहने गरेको छ । फिल्म 'भारत' को सफलतापछि अहिले उनी नयाँ फिल्म 'दबंग ३' मा व्यस्त छन् । यसमा उनी तेस्रो पटक 'चुलबुल पान्डे' को भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा उनको अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हा छिन् ।

