
फिल्ममा टिक्न र विक्न सबै कलाकारलाई हिट फिल्मको खाँचो पर्छ । कुनै कलाकारको खातामा हिट फिल्मको संख्या छैन भने ऊमाथि लगानी गर्न निर्माताले आँट जुटाउँदैनन् । सबैले बेलेको आगो नै ताप्ने हुन् । त्यसैले आफूले अभिनय गरेका फिल्मले राम्रो व्यापार गरोस् भन्ने चाहना फिल्ममा अभिनय गर्ने हरेक कलाकारको हुन्छ । तर, कहाँ सबैको सपना पूरा हुन्छ र ! सफलता र असफलता भनेको त जीवनका पाटाहरु हुन् ।


हुलमुलका फिल्म गरेर ओरालो लागेको करिअरलाई जेनतेन थेगिरहेकी अभिनेत्री प्रियंका कार्कीले पुनः एकपटक कलाकारको ठूलो भीड रहने फिल्ममा काम गर्ने भएकी छन् । हाल आफ्नै निर्माण, निर्देशन र अभिनयमा एक वेब सिरिज बनाइरहेकी उनी हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ मा भित्रिएकी हुन् ।

कान्तिपुर फिल्म एकेडेमीले असार २४ गते तेस्रो 'फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन' कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा विभिन्न विधाहरुमा अध्यापन गराउँदै आएको थापागाउँमा अवस्थित एकेडेमीले फिल्म डाइरेक्सन, फिल्म एक्टिङ्ग, फिल्म एडिटिङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई दिक्षान्त गर्यो ।

विदेशी फिल्मको कथा र प्लट चोरचार गरेर नेपालमा थुप्रै फिल्म बनेका छन् । तर, आजसम्म आधिकारिक रुपमा कपी राइट्स अर्थात् रिमेक अधिकार लिएर नेपाली फिल्म बनेका छैनन् । यसको प्रमुख कारण भनेको कुनै सुपरहिट विदेशी फिल्मको कपी राइट्स लिन निकै महँगो रकम तिर्नु पर्ने हुन्छ, जुन रकममा एउटा स्तरिय नेपाली फिल्म निर्माण हुन्छ । त्यसैले आजसम्म नेपाली निर्माताले विदेशी फिल्मको रिमेक अधिकार लिएर फिल्म बनाउने जोखिम उठाउन सकेका छैनन् ।

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् तथा नेपाली फिल्मका 'बाघ निर्माता' भनिने छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले गएको तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

