Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9625 - 9630 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-09, मंगलवार

आगामी साउन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिपूर्ण छ । अनमोल शर्मा निर्देशित फिल्मको ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रष्टाचारजस्ता अहिलेका जल्दाबल्दा समस्या प्रस्तुत गरिएको छ । प्रेम र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-08, सोमवार

कुनै पनि भिडियो सामाग्रीको सफलता र असफलता मापन गर्ने तराजुको रुपमा लिने गरिएको छ, युट्युब ट्रेन्डिङ । फिल्म, गीतसंगीत वा अन्य विषयमा बनेका भिडियो ट्रेन्डिङमा परे सफलता मानिन्छ । नभए, असफलको ट्याग झुण्डिन्छ । त्यसैले जो कोही आफ्नो भिडियो सामाग्रीलाई युट्युब ट्रेन्डिङमा ल्याउन अनेकन उपायहरु अपनाउँछन् । प्रायः डलर तिरेर 'बुस्ट' गर्छन् । तर, कतिपय यसलाई अस्वस्थ प्रतिस्पर्धा मान्दछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-08, सोमवार

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ का कारण पूर्वघोषित मिति (साउन ३०) बाट एक हप्ता पछाडि सरेर भाद्र ६ पुगेको भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक भइसकेको छ । यो गीतलाई दर्शकले निकै मन पराएका छन् । अब, निर्माण टिम केही दिनमा दोस्रो गीत सार्वजनिक गर्ने तयारीमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-08, सोमवार

विदेशी फिल्मको कथा र प्लट टिपन-टापन गरेर थुप्रै नेपाली फिल्म बनेका छन् । तर, कुनै कपी राइट्स लिएर बनेका होइनन् । तात्तातो उदाहरण अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ हो । यो फिल्म एक टर्किस फिल्मको हुबहु फोटोकपी हो । तर, यसका निर्माताले उक्त फिल्मको टिमबाट कपी राइट्स लिएको थिएनन् । चोरेर बनाइएको थियो । कुनै पनि फिल्मको कथामा फिल्म बनाउँदा रिमेक अधिकार खरिद गर्नुपर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-08, सोमवार

केही वर्षयता अभिनेत्री साम्राज्ञी आरएल शाहको नेपाली फिल्ममा निकै लोभलाग्दो डिमान्ड छ । उनले आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने विश्वास फिल्ममेकरमा छ । त्यसैले उनीमाथि करोडौं लगानी भइरहेको छ । उनको पारिश्रमिक नै चलेका हिरोको भन्दा कम छैन । एक फिल्मबाट १५ लाखभन्दा बढी बुझ्न थालेकी छन् । तर, डिमान्ड र पारिश्रमिक चर्को भए पनि उनले अभिनयमा विविधता पस्कन सकेकी छैनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-08, सोमवार

यही शुक्रबार (असार २७) बाट मुलुकभर प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । २ करोडको आसपासमा निर्माण भएको फिल्मले घरेलु बजारमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । दर्शकले फिल्मको गीतसंगीत र ट्रेलरलाई निकै रुचाएका छन् ।

Results : 9625 - 9630 of 24024
Most Visited News (monthly)