Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पवनको पारिश्रमिक एक फिल्मको १८ करोड

एजेन्सी, मुम्बई, 2019/09/02
 
साउथ सुपरस्टार पवन कल्याणको आज (सोमबार) ४८ औं जन्मदिन हो । उनको जन्म २ सेप्टेम्बर १९७१ मा बापतलाको आन्ध्र प्रदेशमा भएको थियो । उनी ती एक्टर्समा सामेल छन्, जसले अभिनयपछि राजनीतिमा कदम राखे र २०१४ मा आफ्नो पार्टी पनि बनाए । पवनले फिल्म इन्डस्ट्रीमा २३ वर्ष विताइसकेका छन् र अहिलेसम्म उनले २३ फिल्म मात्र गरेका छन् । 
 
उनी एक फिल्मको लागि १८ करोड पारिश्रमिक लिने गरेका छन् । उनी सन् २०१४ कै बेला गूगलमा सबैभन्दा बढी सर्च गर्ने सेलिब्रेटी राजनीतिज्ञ पनि बनेका थिए । फिल्मी करिअरको कुरा गर्ने हो भने उनले अभिनयको सुरुवात तेलुगू फिल्म 'अककडा अम्माई इककडा अब्बाई' बाट गरेका थिए । उनी साउथका सुपरस्टार तथा राजनीतिज्ञ चिरञ्जीवीका कान्छा भाई समेत हुन् ।
 
उनले अहिलेसम्म तीन विवाह गरिसकेका छन् । पवनको पहिलो विवाह नन्दिनीसँग भएको थियो । यो सम्बन्ध १९९७ देखि २००७ सम्म चलेको थियो । दोस्रो विवाह रेणु देसाईसँग भयो र यो विवाह २००७ देखि २०१२ सम्म मात्र टिक्यो । रेणुका र पवनका दुई बच्चा छन् । यस्तै, तेस्रो विवाह अन्ना लेजहनेवासँग भएका थियो । उनले अन्नासँग २०१३ मा विवाह गरेका हुन् । 
 
फिल्म 'अककडा अम्माई इककडा अब्बाई' पछि उनले 'गोकुलामलो सीथा', 'सुस्वागतम' , 'थम्मूदू', बद्री' , 'खुशी', 'जलसा', 'गब्बर सिंह' जस्ता दर्जनौं हिट फिल्म दिएका छन् । उनको 'अत्तरिन्तिकि दारिदी'  तेलगुमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो । उनको अहिलेसम्मको कमाई १८५ मिलियन हो । पवनका फिल्महरु नेपाली दर्शकले पनि निकै रुचाउने गर्छन् । 
Most Visited News (monthly)