Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ यु हमेशा’ गीतमा यशराज र फिजाको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/03
 
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘लभ यु हमेशा’ को शिर्ष गीत सार्वजनिक भएको छ । कात्तिक २२ गते नेपाल र कात्तिक १५ (नोभेम्बर १) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नव-अभिनेत्री फिजा योन्जन प्रेमिल अवतारमा प्रस्तुत छन् । 
 
फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । गीतको अडियो कमजोर भए पनि भिडियो आकर्षक बनेको छ । यशराज र फिजाको केमेस्ट्री पनि सुहाएको देख्न सकिन्छ । 
 
यवन गुरुङको निर्माण रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । भाष्कर प्रधान निर्देशित यस फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय छ । 
 
शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनका द्वन्द्व निर्देशन छ । रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने फिल्ममा धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको हो । मिलन गुरुङ फिल्मको सह-निर्मातामा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)