
शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । प्रदर्शनको अघिल्लो दिन (बिहीबार) राजधानीमा भएको प्रिमियरमा तारिफ बटुलेको यो फिल्मलाई दर्शकले उत्कृष्ट बताएको निर्देशक सुयोग गुरुङ्गको भनाई छ । फिल्मको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले राम्रो भनेका छन् ।

गएको असार १३ गतेबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ ले नेपालमा अपेक्षाकृत व्यापार गर्न चुकेको छ । ‘वर्ड अफ माउथ’ खासै राम्रो नहुँदा फिल्मले नेपालबाट लगानी सुरक्षित गर्न असम्भव देखिन्छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मले प्रदर्शनको दुई हप्तामा घरेलु बजारबाट १ करोड ३० लाखको व्यापार गरेको निर्देशक अनमोल गुरुङले जानकारी दिएका छन् ।

नेपालमा प्रत्येक वर्ष एक दर्जनको आसपासमा फिल्म अवार्ड आयोजना हुने गर्दछन् । तर, आजसम्म कुनै अवार्ड विवादरहित हुन सकेको छैन । राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिका कारण नेपालमा फिल्म अवार्ड सधैं विवादित बन्ने गरेको छ । न दिनेले यसको महत्त्व बुझाउन सकेका छन्, न लिनेले यसको महत्त्व महसुस गर्न सकेका छन् । एउटा अवार्डमा उत्कृष्ठ ठहरिएको कलाकार अर्को अवार्डको मनोनयनमा पनि पर्दैन । नेपाली फिल्म अवार्डमा 'पैसा र आफन्तवाद' हाबी छ ।

नव-अभिनेता रुप पोखरेल र नव-अभिनेत्री आरोही सिंहको प्रमुख भूमिका रहेको फिल्म ‘गीत गजल’ को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । भारतको गोवा र नेपालमा खिचिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीतको भिडियोमा रुप र आरोही फिचर्ड छन् । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

राष्ट्रपतिबाट प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार साँझ राष्ट्रपति निवासमा एक भव्य कार्यक्रमका बीच गएको तीन वर्ष (०७३, ०७४ र ०७५) देखिको अवार्ड तथा सम्मान एकसाथ प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा वर्ष २०७३ को सर्वोत्कृष्ट फिल्म मिन बहादुर भामको फिल्म 'कालो पोथी' घोषित भएको छ ।

‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक तथा निर्माता विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ को दोस्रो गीत यट्युब रिलिज भएको छ । फिल्ममा समावेश ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन छ ।

