
नेपालमा हरर जनरा फ्लप मानिन्छ । किनकि, आजसम्म नेपालमा बनेका कुनै हरर जनराका फिल्मले न दर्शक सन्तुष्ट बनाउन सकेका छन् न त राम्रो पैसा छाप्न नै । यसकारण पनि हत्तपत्त यो जनरामा फिल्म बनाउने जोखिम उठाउँदैनन्, निर्माताहरु । तर, निर्देशक अर्पण थापा भने दोस्रो पटक हरर जनराको फिल्म लिएर आउँदैछन्, ‘घर’ । यो फिल्म साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लेखक, कलाकार तथा निर्देशक अर्पण स्वयं हुन् ।

सधैं सफाचट भएर हिँड्न रुचाउने नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीलाई केही दिनयता हल्का फुलेको दाह्री र जुँगामा देख्न सकिन्छ । जीवनमा कहिल्यै जुँगा नकाटेका उनलाई दाह्रीमा भने यसअघि निकै कम देखिएको थियो । धेरैले उनले फुलेको दाह्री सजाउनुको रहस्य जान्न चाहेका छन् । उमेरले ५० नाघे पनि अझै ३०-३२ वर्षको जवान लाग्ने उनले कतै अब आफू बुढ्यौलीतिर ढल्किँदै गएको देखाउन त खोजेका होइनन् ? धेरैलाई चासोको विषय बनेको छ ।

नेपाली फिल्ममा राम्रो दबदबा बनाएको समयमा अभिनेता रमित ढुंगानासँग अनस्क्रिन रोमान्स गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । त्यसबेला उनीसँग काम गरेपछि करिअरले गति लिने विश्वास व्याप्त थियो । तर, अहिले उनको जोडी बन्न चिनिएका अनुहार त टाढाको कुरा नयाँ युवती समेत हत्तपत्त तयार हुँदैन । किनकि, पछिल्लो समय रमितको क्रेज शून्य बराबर छ । जसकारण उनीसँग काम गरेपछि करिअर सम्हालिने भन्दा भत्किने पिरलो बढी हुन्छ ।

अभिनेता शाहिद कपूरको ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ को क्रेज कम हुने अझैसम्म कुनै संकेत देखिएको छैन । 'उरी' र 'भारत' भन्दा सबैभन्दा धेरै कमाउँदै बलिउडको सबैभन्दा ठूलो फिल्म साबित भएको यसले भारतमा मात्र २ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । शुक्रबार रिलिज भएको ऋतिक रोशनकोे फिल्म 'सुपर ३०' ले समेत यो फिल्मलाई खासै असर गरेको छैन ।

राष्ट्रप्रमुखको हातबाट प्रदान गरिने देशको सबैभन्दा गरिमामय ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सधैं हेलत्वमा पर्दै आएको छ । राष्ट्रले बेवास्ता गरेको यो अवार्डको सुरुवात तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष शम्भुजित बाँस्कोटाले २०६२ असार २७ मा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई ल्याएर भएको थियो । तर, त्यसपछि राष्ट्रिय अवार्ड निरन्तर रुपमा हुन सकेको छैन ।

अभिनेत्री केकी अधिकारी र अभिनेता, लेखक तथा संगीतकार कोसिस क्षेत्रीले पहिलो पटक सहकार्य गरेको फिल्म ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको लोक शैलीको गीतमा संगीत बिनोद खुम्बुले भरेका छन् ।

