
सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले केही दिनयता बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'किक २' बाट बलिउडमा डेब्यू गर्ने चर्चा थियो । तर, अब उनको हातमा सलमानको फिल्म उम्किएको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार, सलमानले 'किक २' मा फेरि अभिनेत्री ज्याकलीन फर्नान्डिसलाई चुनेका छन् ।

कुनै निर्देशक वा निर्माताले एउटै कलाकारसँग दोहोर्याएर पटक-पटक काम गरेको उदाहरण नेपाली फिल्म क्षेत्रमा निकै कम भेटिन्छ । अधिकांशको पहिलो फिल्मबाटै कहिल्यै पुनः टिमअप हुन नसक्ने गरि सम्बन्ध वारपार भएको हुन्छ । उदाहरणको रुपमा निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्कालाई लिन सकिन्छ । फिल्म 'प्रेमगीत' पछि दुईको टिमअप हुन सकेको छैन र भविष्यमा हुने सम्भावना पनि अत्यन्त न्यून छ ।

भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री ऋचा सिंह ठकुरी बैबाहिक जीवनमा बाँधिएपछि काँचको पर्दाबाट टाढा छिन् । न त अचेल उनको फिल्मवृतमा चर्चा नै हुने गरेको छ । डेब्यू फिल्मको सफलतापछि उनको डिमान्ड निकै चुलिएको थियो । तर, गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा उनी लामो रेसको घोडा बन्न सकिनन् ।

नेपाली भाषामा बनेका फिल्मको अवार्ड कार्यक्रम नेपालमा वर्षेनी दर्जनभन्दा बढी हुने गर्दछन् । तर, जनजाति फिल्मको प्रोत्साहन स्वरुप आजसम्म अवार्ड भएका छैनन् । पहिलो पटक हुकुम मल्टिमिडियाले ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड’ गर्ने भएको छ । भदौ ७ गते थाइल्यान्डको पटायामा हुने कार्यक्रममा फिल्म र म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिनेछ ।

‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ लामो समयदेखि चर्चामा छ । फिल्मको टीजर, पोस्टर्स र फर्स्ट सङ 'साइको सैयाँ' रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि मेकर्सले निर्धक्क पैसा खर्च गरेका छन् ।

कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै भर्सटायल अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमार्फत् फिल्मका प्रमुख कलाकारहरुको चरित्र चित्रण गरिएको छ ।

