Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काले दाई’ ट्रेलर : जब प्रेममा जात घुस्छ... (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/09
 
फिल्म ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ शिर्षक सापटी लिएर निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते अर्थात् विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । 
 
‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्देशित फिल्मको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित छ । 
 
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)