Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9589 - 9594 of 23756
फिल्मीखबर, काठमाण्डौ, 2019-05-24, शुक्रवार

'नाइँ नभन्नू ल २' बाट सुखद डेब्यू गरेकी अभिनेत्री वर्षा सिवाकोटीले एक दर्जनको आसपासमा फिल्ममा काम गरिसकेकी छन् । तर, उनको करिअरलाई द्रुत गतिमा अगाडि बढाउन कुनैले मद्दत गरेनन् । उनलाई काम गर्नका लागि गरे जस्तो मात्र भयो । उनी सोलो हिरोइन भएको फिल्म आजसम्म कुनै फिल्म सफल छैनन् । न उनले कुनै फिल्ममा सम्झनलायक भूमिका निभाएकी छन् न त अभिनयकै जोडतोडले प्रशंसा भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-24, शुक्रवार

फरक धारका फिल्ममा रमाइरहेका निर्देशक साम्तेन भुटिया पहिलो पटक फिल्म ‘च च हुई’ बाट पूर्ण कमर्शियल फिल्म निर्माणतर्फ लम्किएका छन् । यो फिल्मको अहिले हङकङमा छायांकन भइरहेको छ । नेपाल छायांकन पूरा गरेर निर्माण टिम एक साताको सेड्युल लिएर गत शुक्रबार हङकङ उडेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-23, बिहिवार

अभिनेता आमेश भण्डारी र अभिनेत्री नीता ढुंगानाले दुई फिल्म ‘तँ म र ऊ’ र ‘फूलै फूलको मौसम तिमीलाई’ मा साथ काम गरेका छन् । दुबै फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए पनि दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरु प्रेम जोडी पनि हुन् । तर, पूर्व । ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजसँगै दुईको ब्रेकअप भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-23, बिहिवार

भिलेन टर्न अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ’कप्स’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मको दुई पोस्टरमा अनुपलाई एंग्री लुक्समा देख्न सकिन्छ । फिल्ममा उनी डिएसपीको भूमिकामा छन् । नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी पनि पोस्टरमा फिचर्ड छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-23, बिहिवार

झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म 'यात्रा' गएको चैत २९ मा प्रदर्शनमा आएको थियो । आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँगको भिडन्तले बक्सअफिसमा यो फिल्मलाई ठूलो असर गरेको थियो । तर, फिल्मले हलमा हावा भने खाएन । निर्माताहरु फिल्मले घरेलु बजारबाटै लगानी उठाएको दावी गर्दै आइरहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-23, बिहिवार

निर्देशम मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ गएको शुक्रवारबाट देशभरका हलमा प्रदर्शनरत छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ स्टारर फिल्मले मित्रताको कथा वाचन गरेको छ । इनिसियल व्यापार राम्रो भए पनि आइतबारबाट फिल्मको कलेक्सन ग्राफ क्रमशः ओरालोलाग्दो छ । फिल्मलाई दर्शकले राम्रो नराम्रो दुबैथरी बोल्दा समीक्षकले भने पिटिक्कै रुचाएका छैनन् । 

Results : 9589 - 9594 of 23756
Most Visited News (monthly)