Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको बर्डथेमा ‘पृथ्वीराज’ को टीजर रिलिज

एजेन्सी, मुम्बई, 2019/09/09
आज (सोमबार) बलिउड सुपरस्टार अक्षय कुमारको ५२औं जन्मदिन हो । यो विशेष दिनमा उनले एक ठूलो फिल्मको घोषणा गरेका छन् । उनको नयाँ प्रोजेक्ट ‘पृथ्वीराज’ को धमाकेदार टीजरमार्फत् औपचारिक निर्माण घोषणा गरिएको छ । यो फिल्मको निर्माण यशराज फिल्म्सले गर्नेछ । यसमा अक्षय महान राजा तथा योद्धा पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन् । 
 
 
फिल्मको टीजर ट्विटरमा साझेदार गर्दै उनले लेखेका छन्, ‘मेरो बर्थडेमा मेरो पहिलो पिरियड ड्रामा फिल्मको बारेमा बताउँदै गर्दा निकै उत्साहित छु ।  यो मेरो सौभाग्य हो कि यसमा मलाई हिरोको रोल प्ले गर्ने मौका मिलेको छ । सम्राट पृथ्वीराज चौहान मेरो सबैभन्दा ठूलो फिल्ममध्ये एक हो ।’ डा. चन्द्रप्रकाश द्विवेदीले फिल्मको निर्देशन गर्दैछन् । 
 
यसअघि उनले 'चाणक्य' जस्तो यादगार टिभी सिरियल बनाएका थिए । ‘पृथ्वीराज’ आउँदो दीपावलीमा प्रदर्शन हुनेछ । वर्षमा ४ वटासम्म फिल्म गर्ने अभिनेता अक्षयको पछिल्लो रिलिज फिल्म मिशन मंगल हो । यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको छ । चाँडै उनी अभिनीत फिल्म 'हाउसफुल ४', 'लक्ष्मी बम', 'गुड न्यूज', 'सूर्यवंशी' र 'बच्चन पाण्डे' प्रदर्शनमा आउँदैछ । 
 
९ सेप्टेम्बर १९६७ मा पञ्जाबको अमृतसरमा जन्मिएका अक्षय फिटनेशमा निकै ध्यान दिने गर्दछन् । उनी भन्छन्, ‘मलाई योगसँग निकै प्रेम छ र म प्रतिदिन योग गर्छु । योसँगै आफ्नो बड्डी फिट राख्न दैनिक साइकल चलाउँछु । खेल र स्विमिङको माध्यमबाट पनि आफूलाई फिट राख्ने गरेको छु ।’ अक्षय सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ रहने गर्दछन् । 
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)