
यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘प्रेमगीत ३’ को कास्टिङ लाइनअप पूरा भएको छ । दशैंपछि छायांकन सुरु भएर चैत २८ मा रिलिज हुने फिल्ममा अभिनेता प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । यसपटक क्रिस्टिना गुरुङ ‘गीत’ बन्दैछिन् । २७ सय युवतीलाई उछिन्दै उनी ‘गीत’ को क्यारेक्टरका लागि छानिएकी थिइन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ लाई प्रदर्शनका लागि उपयुक्त मिति जुर्न सकेको छैन । फिल्मको जेठ १० र साउन ३० गरि दुईपटक प्रदर्शन मिति घोषणा गरिसकिएको छ । तर, अझै प्रदर्शनमा आउन सकेको छैन । सर्नैमा फुर्सद छैन ।

वर्तमान परिपेक्षमा नेपाली फिल्ममा यदी कसैलाई सर्वाधिक खोजिन्छ भने त्यो नाम अभिनेता अनमोल केसी हो । फिल्ममा प्रवेश गरेको छोटो समयमा नै ठूलो स्टारडम बनाएका उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ सहित सात फिल्ममा अभिनय गरिसकेका छन् । ‘कृ’ र ‘क्याप्टेन’ छाड्ने हो भने उनका अन्य फिल्मले बक्सअफिसमा गतिलै व्यापार गरे । अनमोलको स्टारडम उकास्न पनि ठूलो भूमिका रह्यो ।

मेलबर्नमा १०औं इन्डियन फिल्म फेस्टिवल सुरु भएको छ । यसमा सुपरस्टार शाहरुख खान मुख्य अतिथीको रुपमा सहभागी भएका छन् । त्यसक्रममा उनले धेरै हिट फिल्म दिन नसकेको भन्दै आफैंमाथि व्यंग्य गरे । उनले सन् २००७ मा फिल्म 'चक दे! इन्डिया' को छायांकनका लागि अष्ट्रलिया आएको र यो देशमा दोस्रो पटक आउन पाउँदा खुसी लागेको बताए ।

अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार सार्वजनिक गरिएको ‘मेरो माया के हो ?’ बोलको गीतमा प्रदर्शन मिति नराखे पनि बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै निर्देशक शर्माले फिल्म असोज १० गतेबाट प्रदर्शनमा आउन जानकारी दिएका छन् । अहिलेसम्म यो डेटमा अरु फिल्मले प्रदर्शन मिति तोकेका छैनन् ।

बोल्ड अभिनेत्रीको छवि बनाएकी साम्राज्ञी आरएल शाह वर्षमा दुईभन्दा बढी फिल्म गर्दिनन् । गएको वर्ष उनको दुई फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ र ‘कायरा’ रिलिज भएका थिए । यस वर्ष पनि उनका दुई फिल्म ‘मारुनी’ (भाद्र १३) र दशैंमा ‘रातो टिका निधारमा’ रिलिज हुँदैछ । एक महिनाको अन्तरमा दुई फिल्म रिलिज हुन लागेका कारण गत वर्षझैं यसपटक पनि उनलाई समय मिलाउन चटारो पर्ने देखिन्छ ।

