Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9487 - 9492 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-08-07, बुधवार

वरुण धवन बलिउडका सफल अभिनेता मध्येका एक हुन् । उनको यस वर्ष प्रदर्शनमा आएको फिल्म 'कलंक' बक्सअफिसमा नराम्रोसँग पिटिएको थियो, तर वरुणको चार्म र स्टारडममा कुनै कमी आएको छैन । उनको अर्को वर्ष ‘स्ट्रीट डान्सर थ्रीडी’ रिलिज हुँदैछ । यसमा उनी अभिनेत्री द्वय श्रद्धा कपूर र नोरा फतेहीसँग देखिनेछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-07, बुधवार

नेपाली फिल्म क्षेत्रमा केकी अधिकारी बौद्धिक अभिनेत्रीको रुपमा चिनिएकी छन् । उनको सुन्दरता, बौद्धिकता र अभिनय कलालाई दर्शकले निकै मन पराउँछन् । म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी उनले छोटो समयमा नै नेपाली फिल्ममा आफूलाई स्थापित गर्न सफल भइन् । जीवन्त अभिनयको माध्यमबाट दर्शकको मनमा विराजमान भइन् । तर, उनले आफ्नो साख जोगाउन सकिनन् । 

फिल्मीखबर, काठमाडौं, 2019-08-06, मंगलवार

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ लाई चितवनबासीले मन पराएका छन् । लक्की मिडिया हाउसले सोमबार चितवनमा आयोजना गरेको विशेष प्रदर्शनीमा दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । अधिकांशले ‘साइनो’ लाई अर्गानिक फिल्म भन्दै प्रशंसा गरेको जानकारी प्राप्त छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-06, मंगलवार

गुपचुप रुपमा छायांकन सकिएको फिल्म ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलनचल्तीको भन्दा यो फिल्मको पोस्टर केही पृथक छ । फिल्मले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ । यो फिल्मका निर्देशक विक्रम सापकोटा हुन् । निर्माण टिमले फस्टलुक पोस्टरमा प्रदर्शन मिति भने राखेको छैन ।

एजेन्सी, मुम्बई, 2019-08-06, मंगलवार

केही दिन अगाडि निर्र्देशक लभ रञ्जनले अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर कपूरसँग भेट गरेका थिए । यसपछि लभको फिल्ममा दीपिकाले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो । निर्देशक रञ्जनसँग दीपिकाले काम गर्र्न लागेको चर्चा भएपछि ट्विटरमा #NotMyDeepika ट्रेन्ड गर्न लागेको छ । प्रशंसकले उनलाई मिटू आरोपी लभ रञ्जनसँग काम नगर्न अपिल गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-06, मंगलवार

नेपालमा कलाकार र निर्देशकको सम्बन्ध खासै सुमधुर भएको पाइँदैन । प्रायः पहिलो टिमअप नै अन्तिम हुने गरेका छन् । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापा एक उदाहरण हुन् । एकाध होलान्, जसले दोहोर्‍याएर काम गरेका हुन् । नभए, पहिलो फिल्मबाटै सम्बन्ध वारपार हुन्छन् । जीवनमा कहिल्यै दोहोर्‍याएर काम नगर्ने प्रण गर्छन् । तर, नेपाली फिल्ममा केही यस्ता जोडी पनि छन्, जसको सहकार्य झन्-झन् बलियो हुँदै गएको छ । 

Results : 9487 - 9492 of 24024
Most Visited News (monthly)