Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9457 - 9462 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-08-13, मंगलवार

फिल्म ‘किस्मत’ ले अभिनेता आर्यन सिग्देलको किस्मत चम्काएको थियो । यो उनको डेब्यू फिल्म थियो । यसपछि उनको करिअरको ग्राफ करीब एक दशक आरोलो झरेन । सुदर्शन थापा निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’ ले उनलाई स्टारडम थप उत्कर्षमा पुर्‍याएको थियो । दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ रिलिजसम्म उनको चार्म र स्टारडममा कुनै कमी आएन ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-12, सोमवार

असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । र्‍याप शैलीमा तयार पारिएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन्, र्‍यापरको भूमिकामा । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-12, सोमवार

अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् । 

एजेन्सी, मुम्बई, 2019-08-12, सोमवार

बलिउड अभिनेत्री एक्ट्रेस कंगना रनौत आफ्नो विवादित बयानका कारण चर्चामा आउने गरेकी छन् । उनी आफ्नो फिल्म ‘मणिकर्णिका’ लाई बलिउडमा नरुचाएपछि निकै रिसाएकी थिइन् र फिल्म रिलिजपछि सेलिब्रेटीमाथि धावा बोल्न थालिन् । तीनपटक राष्ट्रिय अवार्ड जितिसकेकी उनले बलिउडमा प्रतिभाको कुनै महत्त्व नभएको बताएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-12, सोमवार

अहिलेका जल्दाबल्दा अभिनेता हुन्, अनमोल केसी र प्रदीप खड्का । दुईलाई एकअर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ । उनीहरुबीच पारिश्रमिकमा समेत अघोषित प्रतिस्पर्धा चल्ने गरेको छ । बजारको चर्चालाई आधार मान्ने हो भने अहिले दुईले एक फिल्मका लागि ४० लाखभन्दा बढी डिमान्ड गर्ने गरेका छन् । यो रकम तिर्न मेकर्सलाई पनि कुनै आपत्ति छैन । किनकि, दुईको चार्म र स्टारडम गजब छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-12, सोमवार

चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालले आउँदो भाद्रमा तीन दिने वृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । आइतबार केन्द्रिय कार्यालय अनामनगरमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा चलचित्र विकास बोर्डसँगको सहकार्यमा कार्यशाला गर्ने निर्णय गरेको हो । 

Results : 9457 - 9462 of 24024
Most Visited News (monthly)